लोक सेवा आयोगका सबै लिखित परीक्षा स्थगित

लोक सेवा आयोगका सबै लिखित परीक्षा स्थगित

काठमाडौं कात्तिक ३ गते ।  लोक सेवा आयोगले कात्तिक १६ गतेदेखि लिने सम्पूर्ण लिखित परीक्षा स्थगित गरेको छ । आयोगले सोमबार एक सूचना जारी गर्दै लोकसेवा आयोगका लिखित परीक्षा स्थगित गरेको जानकारी दिएको हो ।  कोरोना महामारीका कारण परीक्षामा सहभागी हुने उम्मेदवारहरुमा सिर्जना भएको भय र आयोगका कर्मचारीमा समेत संक्रमण पुष्टि भएका कारण अर्को सूचना जारी नभएसम्मका लागि परीक्षा स्थगित गरिएको सूचनामा जनाइएको छ।

कर्मचारीहरु आइसोलेसनमा रहेको कारण परीक्षा व्यवस्थापनमा जनशक्ति खटाउन एवं परीक्षा व्यवस्थापन गर्न समस्या उत्पन्न भइ तत्काल परीक्षा संचालन गर्न कठिनाइ भएकाले आयोगले पूर्व निर्णय बमोजिम तोकिएको निजामति सेवा, सुरक्षा निकाय र संगठित संस्थातर्फका मिति २०७७ साल कार्त्तिक १६ गतेदेखि संचालन हुने सम्पूर्ण लिखित परीक्षा हाललाई स्थगित गरिएको हो,’ सूचनामा भनिएको छ।

प्रतिक्रिया