घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ

घुससहित मालपोतका खरिदार र लेखापढी व्यवसायी पक्राउ

दैलेख कात्तिक ४ गते । अख्तियार दुरूपयोग अनुसन्धान आयोगले मालपोत कार्यालय दैलेखबाट सोमबार एकजना कर्मचारी र लेखापढी व्यवसायीलाई नियन्त्रणमा लिएको छ । मालपोत कार्यालय दैलेखमा कार्यरत खरिदार भुवन केशर खनाल र लेखापढी व्यवसायी धनबहादुर बुढालाई नियन्त्रणमा लिइएको आयोगका प्रवक्ता तारानाथ अधिकारीले बताए । 

खरिदार खनाल र लेखापढी व्यवसायी बुढाले जग्गा नामसारी गर्दा सहजिकरण गरिदिने भन्दै सेवाग्राहीसँग घुस मागिरहेको भन्ने सूचनाका आधारमा आयोगको सुर्खेतस्थित कार्यालयबाट खटिइएको टोलीले दुवैजनालाई नियन्त्रणमा लिएको प्रवक्ता अधिकारीले बताए । 

प्रवक्ता अधिकारीका अनुसार उनीहरुको साथबाट सेवाग्राहीबाट लिइसकेको ५ हजार रुपैयाँसहित कार्यालय परिषरबाटै नियन्त्रणमा लिइएको हो । दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान थालीएको आयोगले जनाएको छ ।

प्रतिक्रिया