नेपालमा ५ हजार ७४३ संक्रमित थपिए : २६ जनाको मृत्यु

नेपालमा ५ हजार ७४३ संक्रमित थपिए : २६ जनाको मृत्यु

काठमाडौं कात्तिक ५ गते । पछिल्लो २४ घण्टामा नेपालमा पाँच हजार ७४३ जनामा कोरोना भाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ। योसँगै नेपालमा संक्रमितको संख्या एक लाख ४४ हजार ८७२ पुगेको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौं उपत्यकामा मात्र शुक्रबार दुई हजार ३९१ जनामा संक्रमण पुष्टि भएको छ। 

गौतमका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या ४४ हजार ७७६ पुगेको छ। अहिले संस्थागत आइसोलेशनमा १४ हजार ८०० जना रहेका छन् भने होम आइसोलेशनमा २९ हजार ४६ जना छन्। यस्तै क्वारेन्टाइनमा चार हजार ६५ जना छन्।  २४ घण्टामा उपत्यकामा ३ हजार १०७ जना कोरोना संक्रमित थपिएका छन्। काठमाडौंमा २३९१, ललितपुरमा १७३  र भक्तपुरमा ५४३ गरी ३ हजार १०७ जनामा संक्रमण देखिएको मन्त्रालय प्रवक्ता गौतमले जानकारी दिए। 

मन्त्रालयका अनुसार पछिल्लो २४ घन्टामा २० हजार ११८ नमूनाको पीसीआर परीक्षण भएको छ। बुधबार २९ सय ९६ जनाले कोरोना जितेर डिस्चार्ज भएको मन्त्रालयले जनाएको छ। योसँगै कुल डिस्चार्ज हुनेको संख्या ९९ हजार ६०५ पुगेको छ।  आइसीयूमा २६९ र ८७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ। नेपालमा कोरोनाबाट ७९१ जनाको मृत्यु भएको छ। बुधबार मात्रै २६ जनाको मृत्यु भएको मन्त्रालयले पुष्टि गरेको छ। 

प्रतिक्रिया