कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुग्यो, पाँच हजार तीनसय ५१ संक्रमित

कर्णालीमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १५ पुग्यो, पाँच हजार तीनसय ५१ संक्रमित

सुर्खेत कात्तिक ५ गते ।  कर्णालीमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १५ पुगेको छ । प्रदेशका विभिन्न जिल्लामा कोरोना संक्रमणपछि मृत्यु हुनेको संख्या १५ पुगेको हो । सामाजिक विकास मन्त्रालयका अनुसार पछिल्लो पटक मंगलबार राती रुकुमपश्चिमा एक महिलाको ज्यान गएको छ ।

रुकुमपश्चिमको त्रिवेणी गाउँपालिका ७ मा ५७ वर्षीया एक महिलाको मंगलबार राती मृत्यु भएको हो । मृत्युपछि उनको स्वाव परीक्षण गर्दा कोरोना पुष्टि भएको हो । केहीदिन अघिमात्र ती महिला चितवनमा क्यान्सरको उपचार गरेर घर फर्किएकी थिइन् । गाउँपालिकाका उपाध्यक्ष निर्मला विष्टले चौरजहारीमा रहेको प्रयोगशालामा गरिएको परीक्षणमा पोजेटिभ आएको बताइन् ।

योसँगै कर्णालीमा कोरोना संक्रमणबाट मृत्यु भएका र मृत्युपछि कोरोना पुष्टि भएका व्यक्तिहरुको संख्या १५ पुगेको हो । यस्तै मंगलबार बेलुकीसम्म कर्णालीमा कर्णालीमा कुल संक्रमतिको संख्या पाँच हजार तीनसय ५१ पुगेको छ । यस्तै हालसम्म तीन हजार नौसय ८५ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालय अन्तर्गतको स्वास्थ्य शिक्षा महाशाखाका अधिकृत नवराज कँडेलले बताए ।

प्रतिक्रिया