जिल्ला प्रशासनको सेवा प्रवाह बन्द

जिल्ला प्रशासनको सेवा प्रवाह बन्द

दैलेख कात्तिक १५ गते ।
जिल्ला प्रशासन कार्यालय दैलेखको सार्वजनिक सेवा प्रवाह बन्द गरिएको छ । शनिवार एक सूचना जारी गर्दै प्रशासनले सेवा बन्द गरेको हो । प्रशासनका कर्मचारीहरुमा समेत कोरोना संक्रमण देखिएपछि सेवा बन्द गरिएको सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी हरिप्रसाद देवकोटाले बताए । कोरोना भाइरस (कोभिड–१९) संक्रमणका कारण जिल्लामा संक्रमितको दर बढ्दै गएको र कार्यालयमा कार्यरत केहि कर्मचारीहरुमा समेत संक्रमण पुष्टि भएपनि सेवा बन्द गरिएको देवकोटाले जनाए ।
संक्रमित कर्मचारीहरुबाट समुदाय स्तरसम्म र सेवाग्राहीबाट कार्यालयका कर्मचारीहरुमा हुन सक्ने जोखिमलाई मध्यजनर गर्दै भोलि कात्तिक १६ गते आइतवारबाट अर्को सूचना जारी नभएसम्म कार्यालयको अत्यावश्यक कार्यहरु बाहेकका सम्पूर्ण नियमित सार्वजनिक सेवा प्रवाह बन्द रहने सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी देवकोटाले जानकारी दिए ।

प्रतिक्रिया