कर्णालीमा कोरोनाबाट १६ जनाको मृत्यु

कर्णालीमा कोरोनाबाट १६ जनाको मृत्यु

ज्वाला सन्देश संवाददाता
दैलेख कात्तिक १६ गते ।

कर्णाली प्रदेशमा कोरोना भाइरस (कोभिड–१९) बाट मृत्यु हुनेको संख्या १६ पुगेको छ । आइतवार एक जनाको मृत्यु भएसँगै मृतकको संख्या १६ पुगेको हो । प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत एवं जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलका अनुसार भाइरस (कोभिड–१९) संक्रमणबाट सुर्खेतको भेरीगंगा नगरपालिका –१२ का ३२ बर्षिया पुरुषको मृत्यु भएको हो ।
कर्णाली प्रदेश अस्पताल स्रोतका अनुसार मृतक व्यक्तिलाई ज्वरो तथा स्वासप्रश्वासमा समस्या देखिएपछि उपचारका लागि नेपालजंग मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा लगिएको थियो । उनलाई शनिवार कोरोना संक्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण पुष्टि भएपछि उनलाई आइसोलेसनका लागि कर्णाली प्रदेश अस्पतालमा ल्याईएको थियो । कोभिड–१९ का साथै कडा निमोनिया तथा शरिरमा संक्रमण फैलिएको कडा सेप्सिस निदान भई उपचार गरिएको थियो । आवश्यक सबै खाले आकस्मिक तथा सघन उपचार गरिएको भएपनि सुधार आउन नसकेको बताईएको छ । उनको आइतवार विहान मृत्यु भएको हो ।

प्रतिक्रिया