बहुविवाह मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ

बहुविवाह मुद्दाका फरार प्रतिवादी सात वर्षपछि पक्राउ

ज्वाला सन्देश संवाददाता
दैलेख कात्तिक २३ गते ।

बहुबिबाह मुद्दाका फरार प्रतिवादीलाई दैलेख प्रहरीले सात बर्षपछि पक्राउ गरेको छ । प्रहरीले जिल्लाको नारायण नगरपालिका वडा नं.११ का ३७ बर्षिया हेमराज मल्ललाई पक्राउ गरेको हो । दैलेख जिल्ला अदालत दैलेखको लगत नं. ९६६ मा उल्लेख भएका मल्ललाई जिल्ला अदालत सुर्खेतले २०७० चैत्र १७ गतेको फैसला बमोजिम १ बर्ष ६ महिना कैद र १५ हजार जरीवाना तोकेको थियो । उनि बिबाह सम्बन्धी कसुर (बहुबिबाह) मुद्दाका फरार थिए ।
प्रहरीले मल्ललाई आइतवार उनको आफ्नै घरमा लुकीछीपी बसी रहेको अवस्थामा फेला पारी पक्राउ गरेको प्रहरी नायब उपरिक्षक (डिएसपी) अनुपम श्रेष्ठले जानकारी दिए । पक्राउ परेका मल्ललाई आवश्यक कार्बाहीको लागी दैलेख जिल्ला अदालत दैलेखमा उपस्थित गराई अभियुक्त कैद भुक्तानीका लागी कारागार कार्यालय दैलेखमा पठाईएको डिएसपी श्रेष्ठले ज्वाला सन्देशलाई जानकारी दिए ।

प्रतिक्रिया