सोसेकको संस्थागत सामाजिक तथा लैंगिक परिक्षण

सोसेकको संस्थागत सामाजिक तथा लैंगिक परिक्षण

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सामाजिक तथा लैंगिक परिक्षण सम्पन्न गरेको छ । महिला, बालबालिका, दलित, विपन्न समुदाय, अपांगता भएका व्यक्ति तथा लोपोन्मुख राउटे समुदायको क्षेत्रमा काम गर्दै आएको सोसेकले आफ्नो १३ औं संस्थागत सामाजिक तथा लैंगिक परिक्षण सम्पन्न गरेको हो । संस्थागत सामाजिक तथा लैंगिक परिक्षणमा बाल अधिकार संयोजक निर्मल अधिकारीले संस्थाको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए ।


तरुण मिडियाका सञ्चालक एवं एपीवान एचडी टेलिभिजनका जिल्ला संवाददाता विशाल सुनारले संस्थागत सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रमको सहजिकरण गरेका थिए । १३ औँ संस्थागत सामाजिक तथा लैंगिक परीक्षणमा कार्यवहाक अध्यक्ष टिकादेवी जैसी, महासचिव मञ्जु खड्का, कोषाध्यक्ष कृष्णा रावत, कार्यसमिति सदस्यहरु कमला चन्द, पवित्रा बादी, उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, कार्यक्रम निर्देशक नवराज विसी, सहायक कार्यक्रम निर्देशक दुर्गा गिरी, टिम लिडर डम्बरबहादुर कार्की, बाल हेल्पलाइन संयोजक रमा श्रेष्ठ, एटुजे परियोजनाका सर्बराज जोशी, एलजीविटिआई परियोजनाको परियोजनाको अधिकृत सजना सुनार, मिल संयोजक सन्तोषी शाह, मिल अधिकृत पुस्कर शर्मा लगाएत सहभागि थिए ।


कार्यक्रममा कार्यवहाक अध्यक्ष टिकादेवी जैसीले कोरोना भाइरसको महामारीको समयमा पनि सावधानी अपनाई काममा निरन्तर खटिईएका कर्मचारीहरुलाई धन्यवाद ज्ञापन गरिन् । उनले संस्थाद्धारा सञ्चालित कार्यक्रम/परियोजनामा देखिएका कमीकमजोरीहरुलाई सुधार गर्ने बताइन् । संस्थाले कर्णालीका दैलेख, सुर्खेत, कालिकोट र सुदुरपश्चिम प्रदेशको अछाममा विभिन्न कार्यक्रम÷परियोजना संचालन गरिरहेको उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठले जानकारी दिए । कोरोना भाइरस (कोभिड–१९) को संक्रमण फैलन सक्ने सम्भावनालाई मध्यनजर गर्दै सिमित व्यक्तिहरुको सहभागितामा सामाजिक तथा लैंगिक परिक्षण कार्यक्रम सञ्चालन गरिएको उपकार्यकारी निर्देशक श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया