कर्णालीमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

कर्णालीमा कोरोनाबाट थप एक जनाको मृत्यु, मृतकको संख्या १७ पुग्यो

दैलेख : कर्णाली प्रदेशमा कोरोना भाइरस संक्रमणको कारण शनिवार थप एक जनाको मृत्यु भएको छ । वीरेन्द्रनगर नगरपालिका–८ सुर्खेतका ६० बर्षीया पुरुषको मृत्यु भएको हो । योसँगै कर्णालीमा कोरोना भाइरस संक्रमणका कारण मृत्यु हुनेको संख्या १७ पुगेको छ ।
प्रदेश सरकार, सामाजिक विकास मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा महाशाखाका अनुसार ती पुरुषको कात्तिक २३ गते स्वाब नमुना संकलन गरिएको थियो । सोहि दिन गरीएको पीसीआर परिक्षणमा कोभिड–१९ पुष्टि भएपछि उनि होम आइसोलेसनमा बसेका थिए । होम आइसोलेसनमा रहँदा स्वास फेर्न कठिनाई भएपछि उनलाई कात्तिक २४ गते राती प्रदेश अस्पताल सुर्खेतमा भर्ना गरिएको थियो । अस्पताल भर्ना हुँदा अक्सिजन स्याचुरेसन न्यून रहेकाले उनलाई आकस्मिक तथा अन्य आवश्यक उपचारहरु गरिएको अस्पताल स्रोतले जनाएको छ । अक्सिजन स्याचुरेशसन दिन दिनै घट्दै गएपछि उनि आज विहान बेहोस भएका थिए ।
अस्पताल स्रोतका अनुसार महाशाखाले जारी गरेको प्रेस विज्ञप्तीमा उनको अक्सिजन स्याचुरेसन धेरै कम भई नाडीको गति र स्वासप्रश्वास नपार्ईको उल्लेख छ । उनलाई झण्डै २५ मिनेटसम्म छात्ति थिचेर ब्यूँताउने प्रयास समेत गरिएको विज्ञप्तीमा उल्लेख छ । तर, स्वास्थ्य अवस्थामा सुधार नआएपछि उनको विहान साढे ४ बजे निधन भएको महाशाखाका स्वास्थ्य शिक्षा अधिकृत नवराज कँडेलले जानकारी दिए ।

प्रतिक्रिया