सुरु भयो कक्षा १२ को परीक्षा, दैलेखमा ४६ वटा केन्द्रमा १९ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदै

सुरु भयो कक्षा १२ को परीक्षा, दैलेखमा ४६ वटा केन्द्रमा १९ सय ५५ जना विद्यार्थीले परीक्षा दिँदै

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को महामारीकाबीच आज देखि मुलुकभर कक्षा १२ को परीक्षा सुरु भएको छ । कतिपय स्थानीय तहले विद्यार्थी, शिक्षक र अभिभावकमा संक्रमण फैलिएर वैकल्पिक कक्षासमेत स्थगन गरेका बेला राष्ट्रिय परीक्षा बोर्डले संक्षिप्त परीक्षा सञ्चालन गरेको हो । देशभर ४ हजार १ सय ५ वटा केन्द्रमा ४ लाख ३२ हजार विद्यार्थीले परीक्षा दिँदैछन् ।
शिक्षा विकास तथा समन्वय ईकाई दैलेखका अनुसार परीक्षा बिहान ८ बजेदेखि साढे ९ बजेसम्म सञ्चालन हुनेछ । दैलेखमा ४६ वटा केन्द्रमा एक हजार ९ सय ५५ जना विद्यार्थीहरुले परीक्षा दिने इकाईका प्रमुख तेजबहादुर थापाले जानकारी दिए । जिल्लामा कक्षा १२ सम्म पढाई हुने विद्यालयहरुमा होम सेन्टरमै विद्यार्थीहरुले परीक्षा दिईरहेको थापाले जानकारी दिए ।
यद्धपी परीक्षाका बेला स्वास्थ्य सुरक्षासम्बन्धी मापदण्ड पालना गर्न नसके संक्रमण झनै समुदायमा फैलिन सक्ने भनेर विज्ञहरूले सचेत गराएका छन् । बोर्डले पनि स्वास्थ्य मापदण्ड अनिवार्य पालना गर्न केन्द्राध्यक्षहरूलाई निर्देशन दिएको छ ।
बोर्डका अध्यक्ष चन्द्रमणि पौडेलले प्रत्येक परीक्षा केन्द्रमा हेल्थ डेस्क राखिएको बताए । डेस्कमा रहने निरीक्षकले परीक्षा केन्द्र हाता बाहिरै स्वास्थ्य सुरक्षा मापदण्ड पालना भएरनभएको अनुगमन गरिने उनले जनाए । परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालयलगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ ।
स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइएको बोर्डले जनाएको छ । परीक्षासम्बन्धी कार्यविधिमा पनि स्वास्थ्य मन्त्रालयलगायतका निकायले तोकेका मापदण्ड अनिवार्य पालना गर्नुपर्ने उल्लेख छ । स्वास्थ्यकर्मीसहितको हेल्थ डेस्कमा साबुनपानीले हात धुने र शरीरको तापक्रम मापन गर्ने व्यवस्था मिलाइने बोर्डले जनाएको छ ।
कार्यविधिमा एउटा परीक्षा हलमा बढीमा २० जना परीक्षार्थी राख्नुपर्ने भनिएको छ । दुई÷दुई मिटरको दूरीमा मात्रै परीक्षार्थीलाई राख्नुपर्ने बोर्ड अध्यक्ष पौडेलले बताए ।
सैद्धान्तिकतर्फ प्रत्येक विषयको कुल पूर्णाङ्कको ४० प्रतिशत मात्रै लिखित परीक्षा लिन लागिएको हो । मंसिर १६ गते परीक्षा सकिनेछ । कार्यविधिअनुसार प्रत्येक विषयको सैद्धान्तिकतर्फ ४० प्रतिशतको छोटो परीक्षा, ४० प्रतिशत कक्षा ११ मा प्राप्त गरेको अंक र बाँकी २० प्रतिशत विद्यालयको आन्तरिक मूल्यांकनको आधारमा दिइने छ ।

प्रतिक्रिया