प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोको अनुरोध

प्रहरी प्रधान कार्यालय साईबर ब्यूरोको अनुरोध

दैलेख : पछिल्लो समयमा सामाजिक सञ्जालमा लैङ्गिकता, फरक क्षमता, महिला तथा बाल अधिकार लगायतका संवेदनशिल विषयहरूको ख्यालै नगरी महिला तथा बालबालिका एवं अन्य प्रचलित कानुन विपरीत हुने भिडियोहरू बनाउने, सम्प्रेषण तथा प्रशारण गर्ने गरेको सम्बन्धमा साइबर ब्यूरोबाट अनुसन्धान भईरहेको छ ।
यस्ता कसुर, अपराध गर्ने व्यक्तिलाई कानुनी दायरामा ल्याई पीडितलाई न्याय दिलाउने सन्दर्भमा घटनाको जानकारी एवं सूचना सम्बन्धित निकाय सम्म पु¥याउने क्रममा असल नियत, सदासयता हुँदा हुँदै पनि सही निकाय र माध्यमको छनौट नगरी पुनः तिनै तस्विर, भिडियो एवं सामग्री हरुलाई सम्प्रेषण, प्रदर्शन र प्रसारण गर्दा पीडितलाई झनै पीडा थपिनुका साथै विभिन्न कानुनमा व्यवस्था भएको गोपनियता, संरक्षण लगायतका कानुनी प्रावधानहरुको विपरित समेत हुने भएको हुँदा सो सम्बन्धमा पनि सचेत एवं संवेदनशिल हुन सम्बन्धित व्यक्ति, अभिभावक, संघ संस्था लगायत सरोकारवाला सबैमा अनुरोध गर्दछौं ।

प्रतिक्रिया