वरिष्ठ नेता पौडेल माथी भएको दुर्व्यवहार र गिरफ्तारीको विरोधमा दैलेख कांग्रेस आन्दोलित

          |   प्रकाशित मितिः बिहिबार, मंसिर १८, २०७७     ::: 207 पटक पढिएको   |  

दैलेख : नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलमाथि गरिएको दुर्व्यवहार र गिरफ्तारीको विरोधमा दैलेख कांग्रेस आन्दोलित भएको छ । कांग्रेसका वरिष्ठ नेता पौडेलमाथि गरिएको दुर्व्यवहार र धरपकडको विरोधमा दैलेख कांग्रेसले नारा जुलुससहित आन्दोलित भएको हो । बिहीवार नेपाली काँग्रेस दैलेख, नेपाली कांग्रेसका भातृ संगठनहरु नेपाल विद्यार्थी संघ, नेपाल तरुण दलले संयुक्त रुपमा सदरमुकाम दैलेख बजारमा सरकार‍ विरुद्ध शंख जुलुस निकालेका थिए ।
जुलुसलगत्तै सदरमुकाममा कोणसभाको आयोजना गरी कांग्रेस दैलेखले सरकारी रवैयाको विरोध गरेको थियो। सदरमुकाममा आयोजित कोणसभामा बाेल्दै कांग्रेस दैलेखका नेताहरुले लोकतन्त्रको उपहास गर्दै वर्तमान सरकारले अधिनायकवादी कदम सुरु गरेको आरोप लगाए ।



Leave a comment

Your email address will not be published.


*