नवनियुक्त कार्यकारी निर्देशकको स्वागत

नवनियुक्त कार्यकारी निर्देशकको स्वागत

दैलेख : सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको कार्यकारी निर्देशकमा सुजन न्यौपाने नियुक्त हुनुभएको छ । लामो समयदेखि राष्ट्रिय तथा अन्तराष्ट्रिय गैरसरकारी संस्थामा कार्यरत रहँदै आउनुभएका न्यौपाने संस्थाको कार्यकारी निर्देशकमा नियुक्त हुनुभएको हो । नवनियुक्त कार्यकारी निर्देशक न्यौपानेको भव्य स्वागत गरिएको छ । शुक्रवार संस्थाद्धारा आयोजित स्वागत तथा परिचयात्मक कार्यक्रममा नवनियुक्त कार्यकारी निर्देशकको स्वागत गरिएको हो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको २०७७ मंसिर १२ गते बसेको कार्य समिति बैठकले न्यौपानेलाई संस्थामा रिक्त रहेको कार्यकारी निर्देशकमा नियुक्त गर्ने निर्णय गरेको थियो । संस्थाको रिक्त रहेको कार्यकारी निर्देशकको पदमा न्यौपानेलाई नियुक्त भएसँगै स्वागत गरिएको हो ।
शुक्रवार संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापा, महासचिव मञ्जु खड्का, कोषाध्यक्ष कृष्णा रावतले फुलमाला, खादा, अबिर लगाएर नवनियुक्त कार्यकारी निर्देशक न्यौपानेलाई स्वागत गर्नुभयो । सोहि अबसरमा संस्थाका उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, कार्यसमिति सदस्यहरु कमला चन्द, हस्तराज अधिकारी, पवित्रा बादी, संस्थाका विभिन्न परियोजना तथा कार्यक्रममा कार्यरत परियोजना प्रमुख एवं कर्मचारीहरुले समेत नवनियुक्त कार्यकारी निर्देशक न्यौपानेलाई स्वागत गरेका छन् ।
नवनियुक्त कार्यकारी निर्देशक न्यौपानेको स्वागत गर्दै संस्थाका संस्थापक अध्यक्ष हीरासिंह थापाले संस्थामा कार्यकारी निर्देशक रिक्त रहँदा उपकार्यकारी निर्देशकले गर्नुभएको कामको संस्थाले उच्च सम्मान गरेको बताउनुभयो । उहाँले कार्यकारी निर्देशक नियुक्त भएसँगै संस्थाद्धारा सञ्चालित कार्यक्रम तथा परियोजनाहरु कार्यान्वयन लगाएतका काममा सहज हुने विश्वास व्यक्त गर्नुभयो ।
संस्थाका महासचिव मञ्जु खड्काले संस्थाको शिरबृद्धिका लागि संस्थासँग आबद्ध सबै एकजुट हुनुपर्नेमा जोड दिँदै नवनियुक्त कार्यकारी निर्देशकको स्वागत तथा शुभकामना व्यक्त गर्नुभयो । सोहि अबसरमा उपकार्यकारी निर्देशक बसन्त श्रेष्ठ, कार्यसमिति सदस्य हस्तराज अधिकारी, कार्यक्रम निर्देशक नवराज विसी, सहायक कार्यक्रम निर्देशक दुर्गा गिरीले स्वागत तथा शुभकामना मन्तब्य राख्नु भएको थियो ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले विगत २२ बर्षदेखि महिला र बाल अधिकारका सवालहरुलाई उच्च प्राथमिकताका र संवेदनशिल भई बिभिन्न विकास साझेदार संस्थाहरुको सहकार्यमा दैलेख, कालिकोट, अछाम र सुर्खेत जिल्लामा महिला, बालबालिका, लोपोन्मूख राउटे तथा पछाडी पारिएका समुदायका अधिकारका लागि एकिकृत विकाशको अवधारणमा काम गर्दै आएको छ । संस्थाले महिला तथा बालबालिकाको संरक्षण/सुरक्षा र भ्रष्टाचार बिरुद्ध शुन्य सहनशिलताको नीतिलाई अबलम्बन गर्दै आइरहेको छ ।

प्रतिक्रिया