संवैधानिक परिषदको बैठकमा देउवा उपस्थित नहुने

संवैधानिक परिषदको बैठकमा देउवा उपस्थित नहुने

काठमाडौँ : प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा संवैधानिक परिषदको बैठकमा उपस्थित नहुने भएका छन् । प्रधानमन्त्री केपी ओली अध्यक्ष हुने उक्त परिषदको बैठक आइतबारका लागि बोलाइएको छ । २९ गतेका लागि आन्दोलनको तयारी गरिरहेको कांग्रेसले भने सभापति बैठकमा उपस्थित हुन नसक्ने जानकारी दिएको हो ।कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले आफूहरुले आन्दोलनको घोषणा गरिसकेको अवस्थामा संवैधानिक परिषदको बैठक तय गरिनु जायज नभएको बताए । साथै उनले बैठक स्थगित गर्नका लागि आग्रह गरे ।

यसअघि प्रधानमन्त्री ओली र देउवाबीच भएको छलफलमा संवैधानिक निकायमा नियुक्ति गर्ने विषयमा छलफल भएको थियो । तर यसबीचमा कांग्रेसले आन्दोलन घोषणा गरिसकेकाले परिषदको बैठकमा उपस्थित हुन नसकेको कांग्रेस नेता रमेश लेखकले बताए ।यसवाहेक सत्तारुढ दल नेकपाको समेत स्थायी समितिको बैठक २८ गते नै तय गरिएको छ । कांग्रेसको आन्दोलन र नेकपाकै बैठकका बीच परिषदको बैठक बोलाइनुमा नियत सफा नदेखिने कांग्रेसका प्रवक्ता विश्वप्रकास शर्माले बताए ।

नेपाली कांग्रेसका केही नेताहरुले भने प्रधानमन्त्री ओलीले पार्टीकै स्थायी समितिको बैठक छल्नका लागि परिषदको बैठक बोलाएको अभिव्यक्ति दिएका छन् । संवैधानिक परिषदको बैठकमा विपक्षी दलको नेता अनिवार्य उपस्थित हुनुपर्ने व्यवस्था छ ।

प्रतिक्रिया