अलपत्र अवस्थामा भेटिएकी महिलाको उद्धार, परिवार फेला नपरेपछि मानव सेवा आश्रममा पठाईयो

अलपत्र अवस्थामा भेटिएकी महिलाको उद्धार, परिवार फेला नपरेपछि मानव सेवा आश्रममा पठाईयो

दैलेख : मंसिर २१ गते दैलेखको नारायण नगरपालिका–१ मा एक महिला अलपत्र अवस्थामा भेटिइन् । सेतु बुढा नाम बताउने महिलालाई जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख (महिला र बालबालिका केन्द्र/बाल हेल्पलाइन १०९८) द्धारा उद्धार ग¥यो ।
उद्धारपछि ६ दिनसम्म सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख (महिला र बालबालिका केन्द्रको आपत्तकालीन गृह) मा राखी मनोविमर्श, परामर्श प्रदान गरिएको थियो । मनोविमर्श, परामर्शका क्रममा पनि ती महिलाको घर ठेगाना बताउन नसकेको मनोविमर्शकर्ता निर्मला बुढाले बताइन् । जिल्ला प्रहरी कार्यालय दैलेखको सहयोगमा परिवारको खोजी गर्दा समेत परिवार फेला नपरेपछि ती महिलालाई मानव सेवा आश्रम सुर्खेतमा पठाईएको छ ।
ती महिलालाई गत शुक्रवार सुरक्षा, संरक्षण र औषधी उपचारको लागि कर्णाली प्रदेशको राजधानी वीरेन्द्रनगर रहेको मानव सेवा आश्रममा स्थानान्तरण गरिएको मनोविमर्शकर्ता बुढाले जानकारी दिइन् ।

प्रतिक्रिया