पाँच महिनामा ३५ सय सेवाग्राही

पाँच महिनामा ३५ सय सेवाग्राही

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले पहिलो पटक आफूले गरेका कामको आवधिक समीक्षा गरेको छ । प्रहरी प्रमुखका रुपमा जिम्मेवारी निर्वाह गरेका प्रहरी इञ्चार्ज डीएसपी अनुपम श्रेष्ठ आफूले कार्यालय प्रमुखको जिम्मेवारी लिएको तीन महिना अवधिमा गरेको उल्लेख्य काम र कार्ययोजना पत्रकारहरुलाई सुनाउदै समीक्षा कार्यक्रम गरिएको हो । डीएसपी श्रेष्ठले नागरिक सेवा प्रवाहलाई निरन्तर सुधार गर्दै लिने, सामाजिक अपराध नियन्त्रणमा बढी ध्यान दिने, स्थानीय तहहरुसंग समन्वयमा काम गर्ने, प्रविधिको अधिकतम् उपयोग र संचार क्षेत्रको समन्वयलाई अझैं प्रभावकारी बनाउने योजना सुनाए ।
सार्वजनिक सवारी यातायातलाई व्यवस्थित गर्न प्रयत्न स्वरुप नियम मिच्नेहरुलाई ९ लाख २० हजार जरिवाना गरिएको, नागरिक सहायता कक्ष र प्रहरी कण्ट्रोल व्यवस्थापकीय सुधार, अदालतले कैद तोकेहरुको कैद तथा सजाय असुलीमा गरेको प्रगतिको डीएसपी श्रेष्ठले व्याख्या गरे ।
गत साउन देखि मंसिरसम्म तीन हजार पाँच सय ६९ जना सेवाग्राही जिल्ला प्रहरी कार्यालय दैलेखमा आएको डिएसपी श्रेष्ठले जानकारी दिए । अपराध अनुसन्धानमा प्रहरीले २ सय २२ जना पीडित मध्ये १ सय १५ जनाह महिला र २२ बालबालिकालाई न्याय दिलाउन कानूनी प्रक्रिया अगाडि बढेको डीएसपी श्रेष्ठले जानकारी दिए । उनले आफू आएपछि ठाडो उजुरी लिएका १ सय ६७ मा १ सय ४२ वटामा छलफलबाट समाधान गरिएको र बाँकी छलफलको क्रममा रहेको बताए ।
फौजदारी मुद्दामा ०७७ साउनदेखि मंसिरसम्म ०७७ कात्तिक १७ गते डुंगेश्वर गाउँपालिका–६ की २१ वर्र्षीया सुनिता बिकको हत्यामा एक जना, कात्तिक ७ गते लालबहादुर बिकको हत्यामा ५ जना र कात्तिक १० गते भूपेन्द्र शाहीको हत्यामा संलग्न ३ जना सबैलाई पक्राउ गरी अदालतमा मुद्दा पक्रियामा रहेको छ । कर्तव्य ज्यान जस्तो गम्भीर अपराधमा सबै आरोपितलाई पक्राउ गर्न सक्नुलाई प्रहरीको कुशलताको रुपमा लिएका व्याख्या गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय दैलेखले गरेको मुख्य काममा दशैं तिहारमा मदिरा नियन्त्रण गर्न गरिएको अभियानमा जिल्लाका ११ वटै स्थानीय तहहरुबाट १५ सय २२ लीटर घरेलु मदिरा नियन्त्रणमा लिएको, ६५ सय ८३ लीटर कच्चा पदार्थ नष्ट गरिएको जानकारी दिइएको छ ।
प्रहरीले दिनानुदिन गरिगरिरहेका प्रहरी क्रियाकलापहरु मध्ये तीन महिना अवधिमा ४० वटा घटनामा प्रहरीले पत्रकारहरुलाई सामुहिक रुपमा जानकारी गराउने गरी इमेल पठाएको र ८० वटा घटनामा फेसबुक स्टाटसबाट सबैका लागि जानकारी गराएको बताइएको छ ।
जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार गएको साउन यता ४ सय ४४ जना सेवाग्राही केही न केही समस्या लिएर आएका मध्ये २ सय ३० जना महिला, १ सय ७० जना पुरुष र ४४ जना बालबालिका रहेका थिए ।
दैलेखमा बढ्दो आत्महत्या घटनालाई रोकथामका लागि सन्देशमूलक भिडियो डकुमेण्ट्री छायांकन सकिएको र सम्पादनको काम भइरहेको डीएसपी श्रेष्ठले जानकारी दिए । दैलेखमा बालविवाह र बहुविवाह महिला हिंसाको प्रमुख समस्या भएको पनि उनले बताए ।
डीएसपी अनुपम कार्यालय प्रमुख भएर आएको ३ दिनपछि गरिएको पत्रकार सम्मेलनको बेला प्रहरीलाई धेरै सुझाव थिए, यस पटक चाहिं सार्वजनिक विदाको दिन सरकारी गाडीको दुरुपयोग र ग्रामीण क्षेत्रमा जीपहरुले मनपरी भाडा असुलेको समस्या उठाएका थिएनन् । त्यख बखत प्रहरीको प्रयास तल्ला तहका यूनिटहरुमा समेत हुनुपर्ने सुझाव दिएका थिए थिए ।

प्रतिक्रिया