चुप्रा बजारमा खानेपानीको सहज सुविधा पु¥याईदै

चुप्रा बजारमा खानेपानीको सहज सुविधा पु¥याईदै

दैलेख : जिल्लाको डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ चुप्रा बजारमा खानेपानीको सहज सुविधा पु¥याईदै पु¥याइने भएको छ । झण्डै एक करोड ४३ लाखको लागतमा खानेपानी योजना निर्माण गर्न लागिएको हो । हेल्भेटास नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले चुप्रा बजारमा खानेपानीको सुविधा पु¥याउने भएको हो ।
एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम र डुङ्गेश्वर गाउँपालिकाको आर्थिक सहयोग तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सामाजिक तथा प्राविधिक सहजिकरणमा खानेपानी योजना निर्माण गर्न लागिएको हो । मुखरिया चुप्रा खानेपानी सरसफाई योजनाबाट चुप्रा बजारका २ सय ७० घर धुरी लाभान्वित हुने एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमका सामुदायिक सहजकर्ता ललिता भण्डारीले जानकारी दिइन् ।
खानेपानी योजना निर्माणका लागि मंगलवार उपभोक्ता समिति गठन गरिएको छ । डुङ्गेश्वर गाउँपालिका वडा नम्बर १ का वडाध्यक्ष लोकबहादुर डांगीको उपस्थितीमा भएको स्थानीय उपभोक्ताको भेलाले टोप बहादुर खत्रीको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरेको भण्डारीले बताइन् । उनका अनुसार भेलाले मुखरिया चुप्रा खानेपानी सरसफाई योजनालाई दिगो बनाउन मर्मत सम्भार कोष सञ्चालनका लागि प्रतिघरधुरी एक हजार रुपैयाँका दरले संकलन गर्ने निणर्य समेत गरेको छ ।

प्रतिक्रिया