दैलेखका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

दैलेखका दुई स्थानीय तहलाई स्वास्थ्य सामग्री सहयोग

डुङ्गेश्वर गाउँपालिकालाई स्वास्थ्य सामग्री हस्तान्तरण गरिँदै ।

दैलेख : कोरोना भाइरस (कोभिड–१९) को संक्रमण रोकथाम तथा नियन्त्रण प्रभावकारी बनाउन दैलेखका दुई वटा स्थानीय तहलाई स्वास्थ्य तथा सरसफाई सामग्री सहयोग गरिएको छ । कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि प्रयोग हुने ती सामग्री सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग गरेको हो । हेल्भेटास नेपालको सहयोग र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको सहजिकरणमा सञ्चालित एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रमले जिल्लाको दुल्लु नगरपालिका र डुङ्गेश्वर गाउँपालिकालाई उक्त सामग्री सहयोग गरेको हो । २८ लाख २१ ४ सय ९७ रुपैयाँको लागतमा स्वास्थ्य सामग्री सहयोग गरिएको हो ।
संस्थाका प्रशासन तथा लेखा अधिकृत टिकाराम सापकोटाका अनुसार डुङ्गेश्वर गाउँपालिकालाई तीन हजार पीस सर्जिकल मास्क, एक हजार पीस एन नाइन्टी फाइभ मास्क, ५ सय एमएलका ६ सय बोटल सेनीटाइजर सहयोग गरिएको छ । यस्तै ३० सेट पीपीई, ८ प्याकेट ग्लोब्स, २ थान बिपी सेट, ६सेट थर्मल गन, सय वटा डिजिटल थर्मामिटर, ९ सय एमएलका २० बोटल हेण्डबास डिटोल गाउँपालिकालाई सहयोग गरिएको छ । यसैगरी गाउँपालिकामा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम मार्फत सञ्चालित योजनाबाट लाभान्वित उपभोक्ताहरुलाई लक्षित गरी ३५ लिटरको ४ सय ५० वटा टुटि सहितको ड्रम, दुई हजार दुई सय ५० वटा मास्क र दुई हजार दुई सय ५० वटा साबुन हस्तान्तरण गरिएको छ ।
त्यसैगरी दुल्लु नगरपालिकामा तीन हजार पीस सर्जिकल मास्क, एक हजार पीस एन नाइन्टी फाइभ मास्क, ५ सय एमएलका ६ सय बोटल सेनीटाइजर सहयोग गरिएको छ । संस्थाका अनुसार ३० सेट पीपीई, ८ प्याकेट ग्लोब्स, २ थान बिपी सेट, ६सेट थर्मल गन, सय वटा डिजिटल थर्मामिटर, ९ सय एमएलका २० बोटल हेण्डबास डिटोल नगरपालिकालाई सहयोग गरिएको छ । यसैगरी नगरपालिकामा एकिकृत जलश्रोत व्यवस्थापन कार्यक्रम मार्फत सञ्चालित योजनाबाट लाभान्वित उपभोक्ताहरुलाई लक्षित गरी ३५ लिटरको ४ सय वटा टुटि सहितको ड्रम, दुई हजार वटा मास्क र दुई हजार वटा साबुन हस्तान्तरण गरिएको छ ।
दुल्लु नगरपालिका र डुङ्गेश्वर गाउँपालिकालाई फुट अपरेटर धारा सहयोग गरिनेछ । संस्थाका प्रशासन तथा लेखा अधिकृत सापकोटाका अनुसार डुङ्गेश्वर गाउँपालिकालाई १५ वटा र दुल्लु नगरपालिकालाई ४८ वटा फुट अपरेटर धारा सहयोग गरिनेछ । डुङ्गेश्वर गाउँपालिकाका १० वटा विद्यालय र ५ वटा स्वास्थ्य संस्था तथा दुल्लु नगरपालिकाका १२ वटा स्वास्थ्य संस्था र २८ वटा विद्यालयका लागि धारा सहयोग गरिने भएको हो ।

प्रतिक्रिया