आँखा तथा कान शिविर सम्पन्न

आँखा तथा कान शिविर सम्पन्न

दैलेख : गुराँस गाउँपालिकाका बालबालिकाहरुलाई लक्षित गर्दै आयोजना गरिएको आँखा तथा कान शिविर सम्पन्न भएको छ । आँखा र कान सम्बन्धी स्वास्थ्य समस्या भएका बालबालिकाहरुको उपचार र सहायक सामग्री तथा अपाङ्गता परिचयपत्र सिफारिसका लागी शिविर सञ्चालन गरिएको थियो । गुराँस गाँउपालिकाको वडा नं ३ पातिकाल्ना र वडा नं ८ को धरमपोखरामा क्रमश पुस १० र ११ गते एक/एक दिने आँखा तथा कान सम्बन्धी शिविर सम्पन्न भएको हो ।
सेभ द चिल्ड्रेन र सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल, दैलेखको साझेदारीमा संचालित सहयात्रा दोस्रो परियोजना, नेपाल रेडक्रस सोसाईटी आँखा अस्पताल सुर्खेत र ब्रिनोज कान स्वास्थ्य स्याहार केन्द्रको सयुक्त अयोजना तथा गुराँस गाँउपालिकाको समन्वयमा शिविर सञ्चालन भएको हो ।
पातिकाल्ना केन्द्र आयोजित शिविरमा २८ जना बालबालिकाहरुले सेवा लिएका छन् । जसमा ९ जनाले आँखाको चेकजाच गरेर २ जनालाई चस्मा उपलब्ध गराइने बताइएको छ । यस्तै १९ जनाले कानको चेकजाच गरे भने ३ जनाले कान सुन्ने यन्त्र प्राप्त गरेका छन् ।
यस्तै धरमपोखरा केन्द्रमा १५ बालबालिकाले आँखा चेकजाँच गरेका छन् । ९ जना बालबालिकाले कान चेकजाँच गरेको बताइएको छ । शिविरमा गुराँस गाउँपालिका–३ का वडाध्यक्ष गंगाराम खत्री र वडा नम्बर ८ का पुर्णबहादुर ओलीको समेत सहभागिता थियो ।

प्रतिक्रिया