दैलेखका ११ तह र ९० वटै वटामा विरोधका कार्यक्रम घोषणा

दैलेखका ११ तह र ९० वटै वटामा विरोधका कार्यक्रम घोषणा

दैलेख : प्रधानमन्त्री केपी शर्मा ओलीद्वारा प्रतिनिधिसभा विघटन गर्ने लगायतका प्रतिगामी क्रियाकलाप विरुद्ध नेकपाको दाहाल–नेपाल समूहले दैलेखका ११ वटै स्थानीय तह र ९० वटै वडाहरुमा विरोधका कार्यक्रम घोषणा गरेको छ । पार्टी हित र जनचाहना विपरित प्रतिनिधिसभा विघटन जस्तो गैरसंवैधानिक कामको आफूहरुले संघर्षका कार्यक्रमको तयारी गरेको नेकपा प्रदेश सदस्य एवं कर्णाली प्रदेशसभा सदस्य अम्मरबहादुर थापाले बताए ।
पार्टी केन्द्रीय कार्यालयको पुस ९ गतेको निर्णय अनुसार ७७ वटै जिल्लामा प्रतिगमन बिरुद्ध प्रदर्शन गर्ने कार्यक्रम अन्तरगर्त दैलेखका ११ वटै स्थानीय तह र सबै वडाहरुमा व्यापक बिरोधका कार्यक्रम गर्न प्रदेश कमिटी र जिल्ला कमिटीका पदाधिकारीहरुलाई जिम्मेवारी तोकिएको पार्टी सचिव प्रेम कटुवालले जानकारी दिए ।
महाबुमा जंगबहादुर शाही, नारायणमा टेकबहादुर खाण, नौमूलेमा गंगबहादुर घर्ती, भगवतीमाईमा मयाराम अधिकारी, डुङ्गेश्वरमा गोपाल नेपाली, गुराँसमा टोपबहादुर बीसी, दुल्लुमा तिलक रिजाल, भैरबीमा ललिता बीसी, चामुण्डामा बरुनाथ योगी, ठाँटीकाँधमा योगेन्द्रविक्रम थापा, आठबीसमा ओमजंग शाहीलाई जिम्मेवारी तोकिएको बताइएको छ ।
पुस ११ गते जिल्लामा उपलब्ध पार्टीका प्रदेश कमिटी र जिल्ला कमिटी पदाधिकारीहरुको उपस्थितिमा गरिएको निर्णय अनुसार गाउँपालिका तथा नगरपालिका स्तरमा प्रतिगमन विरुद्ध पुस १४ गते गरिने प्रदर्शनमा मुख्य जिम्मेवारी बाहेक अरु नेताहरुलाई पनि परिचालन गरिएको छ ।
वडास्तरका कार्यक्रमका अलवा पालिका स्तरका मुख्य मुकाममा १४ गते बृहत प्रदर्शन गर्ने, पुस १५ गते जिल्ला कमिटीको बैठक गरी प्रतिगमन बिरुद्धको सशक्त आन्दोलनको तयारी गर्ने निर्णय भएको पार्टी सचिव प्रेम कटुवालले जानकारी दिए ।
पार्टी कार्यालयमा भएका पत्रकार भेटघाट कार्यक्रममा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का प्रदेश कमिटीका सदस्यहरु टेकबहादुर खाँण, बरुनाथ योगी, सावित्री मल्ल, गोपाल नेपाली, प्रेस संगठन नेपालका केन्द्रीय सदस्यहरु गोबिन्द भारती, नबिन रिजाल, जिल्ला सह–संयोजक कृष्ण देवकोटा लगायतले प्रतिगमन बिरुद्धको आन्दोलन व्यवस्थापन विषय आ–आफ्नो बिचार राखेका थिए ।

प्रतिक्रिया