कृषि मेलामा किबीदेखि अलैंचीसम्म (तस्विर सहित)

          |   प्रकाशित मितिः आइतवार, पुस १२, २०७७     ::: 293 पटक पढिएको   |  

दैलेख : दैलेखको भैरवी गाउँपालिकामा गाउँपालिकास्तरीय कृषि मेला प्रर्दशनी सम्पन्न भएको छ । बारी बारीमा तरकारी, घर घरमा रोजगारी भन्ने मुल नारा सहित मेला आयोजना गरिएको थियो । एईआएन लक्जेम्वर्ग र पञ्चकोशी एकता समाज (प्रयास)को आर्थीक सहयोग तथा भैरबी गाउँपालिकाको समन्वयमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा आयोजित मेलामा गाउँपालिकाका कृषकले उत्पादन गरेको विभिन्न कृषिजन्य उत्पादन प्रर्दशनीमा राखिएको थियो ।
गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बुढाले उद्घाटन गरेको मेलामा ५१ जना कृषक सहभागि थिए । युवा क्लब, महिला तथा कृषक समुहमा आबद्ध कृषकहरुले उत्पादन गरेको कृषिजन्य उत्पादन प्रर्दशनी गरिएको थियो । मेलामा किबी, ओखर, भुई स्याउ, पिपिलो, अलैची, मेवा, सुन्लता, कागती, अमिलो केरा, काउली, बन्दा, लसुन, टमाटर, मुला, पिडालु, रायो, चिया, ददु तथा अलैंची तथा माछा, खसी बोका, हाँस, जर्सी गाई, कुखुरा लगाएतका फलफूल, तरकारी र पशु जन्य उत्पादन प्रर्दशनीमा राखिएको थियो ।

फलफूल, तरकारी र पशु जन्य उत्पादनले भरिपूर्ण मेला सयौं मानिसले अवलोकन गरेका थिए । मेलामा तरकारी तर्फ भैरबी गाउँपालिका–७ का गोविन्द कंडेल प्रथम, भैरबी गाउँपालिका–२ का टोपबहादुर थापा द्धितिय, भैरबी गाउँपालिका–६ का डोल्मि विक तृतिय र भैरबी गाउँपालिका–४ का विष्णा खनाल सान्तोना भईन् । फलफूल तर्फ भैरबी गाउँपालिका–५ का महेन्द्रबहादुर शाही प्रथम, भैरबी गाउँपालिका–२ का निमसरा थापा द्धितिय, भैरबी गाउँपालिका–७ का राजेश कंडेल तृतिय र भैरबी गाउँपालिका–६ का लिलाराम लामिछाने सान्तोना भए ।
यस्तै पशु तर्फ भैरबी गाउँपालिका–५ का जिवानन्द रिजाल प्रथम, भैरबी गाउँपालिका–३ का राईकोशा शाही द्धितिय, भैरबी गाउँपालिका–७ का भक्तिराम लामिछाने तृतिय र भैरबी गाउँपालिका–३ का विपिन आचार्य सान्तोना भएका छन् । उनिहरुले प्रमाणपत्र, कृषि औजार तथा बीउ सहित सम्मान पाएका छन् ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका कोषाध्यक्ष कृष्णा रावतको अध्यक्षतामा भएको कृषि मेला प्रर्दशनीमा भैरवी गाउँपालिकाका अध्यक्ष प्रेम बहादुर बुढा, प्रमुख प्रशासकीय अधिकृत भलाराम पंगाली, गाउँपालिकाका इन्जिनियर एवं सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा लगाएतले मन्तब्य राखेका थिए । गाउँपालिकामा तरकारी तथा फलफूल उत्पादन बढ्दो भएकाले सबैले कृषिमा ध्यान दिनुपर्ने वक्ताहरुको भनाइ थियो ।



Leave a comment

Your email address will not be published.


*