डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

डाईक्लोफेनेक मुक्तपछि दैलेखमा गिद्द देखिन थाले

दैलेखको चामुण्डाविन्द्रासैनी नगरपालिका -६ को जंगलमा भेटिएकाे लोपोन्मुख गिद्ध ।

दैलेख : डाईक्लोफेनेक मुक्त भएको १० वर्षपछि यहाँको जिल्लामा प्रकृतिको कुचिकर मानिने गिद्ध देखा पर्न थालेका छन् । पछिल्लो समय जिल्लालाई डाईक्लोफेनेक मुक्त भएपछि यहाँको जिल्लामा गिद्ध देखा पर्न थालेका हुन् ।जिल्लालाई विक्रम संवत २०६६ मा डाईक्लोफेन मुक्त जिल्ला घोषणा गरिएको थियो । मासुलाई आहार बनाउने तर आफु सिकार नगर्ने पंक्षी देखिन थालेपछि स्थानीयबासीमा खुशी छाएको छ । मरेको सिनो खाएर बातावरणलाई स्वच्छ बनाई दिने गिद्ध मानिसका लागि सहयोगी मानिन्छ । कुनै बेला गिद्धलाई छोपेर मानिसले मित लगाउने अनि छोडिदिने मित लगाएको मान्छेको मृत्यु हुँदा गिद्ध समेत काठ लिएर मलामी आउने गरेको स्थानीयबासीको भनाई छ ।

विरामी पशुलाई दुखाई र ज्वरो कम गर्नका लागि प्रयोग गरिने डाईक्लोफेनेक औषधी प्रयोग गरिएको जनावरलाई गिद्ध खाँदा मर्ने गरेको जिल्ला पशु अस्पतालका निमित्त प्रमुख कपिल प्रसाद उपाध्यायले बताए । उनले भने,डाईक्लोफेनेक औषधी प्रयोग गरिएको सिनो खाँदा गिद्धको किड्नीमा असर पर्ने गई मर्ने,बाँचेकोमा पनि बाँझो आउने अुनसन्धानबाट खुलेपछि जिल्लालाई विक्रम संवत २०६६ मा डाइक्लोफेनेक मुक्त जिल्ला घोषणा गरेका थियो । आजभोली जिल्लाका विभिन्न ठाउँमा आकाशमा फाटफुट गिद्ध देखिन थालेका छन् ।
गिद्धको बासस्थानको लागि सिमलको रुख फडानी गर्दा गिद्ध देखापर्न छोडेको स्थानीयबासीले बताउँछन् । गिद्धका लागि सिमलको रुख फडानीले गिद्ध लोप भएको स्थानीयबासीको बुझाई छ । नेपाल सरकारले सिमलको रुखलाई पनि गिद्ध उचित वासस्थान हो मानेर रुख कटानमा प्रतिवन्ध गरेको छ । मरेको सिनो खाएर गिद्धले सरुवा रोग हैजा,झाडापखाला लगायतका रोगबाट मुक्त बनाई दिने भएकोले संरक्षणका लागि गाउँवस्तीका मानिसले औषधी प्रयोग गरिएको सिनो गाड्ने र बासस्थानको लागि सिमलको रुखलाई संरक्षण गर्नुपर्ने दैलेख पशु अस्पताल कार्यलयका निमित्त अधिकृत कपिल प्रसाद उपाध्यायले बताए ।

तर नेपालको एकमात्र लोपोन्मुख जाती राउटे समुदायले सिमलको रुखबाट भाडाकुुडा बनाई जिविकापार्जन गर्दै आएकोले यसको रोकथामको लागि राउटे समुदायमा काम गर्ने संघ संस्थाले राउटेमा जनचेतना जगाउनुपर्ने कार्यालय प्रमुख उपाध्यायको भनाई छ ।

हिन्दू धर्ममा गिद्धलाई शनि देवताको बहानको रुपमा चिनिने यो पंक्षी धर्मग्रन्थ रामायणमा रावण राक्षसले सीतालाई हरण गरी लंङ्का लैजाँदा सीतालाई जोगाउने पहल गरेको ग्रन्थमा उल्लेख गरिएको छ । दक्षिण एसियामा ९ प्रजाति गिद्ध मध्ये नेपालमै ९ प्रजातिका गिद्धहरु पाइने नेपाल पंक्षीसंरक्षणका जीवविज्ञान कृष्ण प्रसाद भुसालले बताए । उनले भने , अकल्पनीय र अप्राकृतिक विनाशले सानो खैरो, डगुंर, लामो ठुडे र सुन गिद्ध अतिसङ्कटापन्न र सेतो गिद्ध सङ्कटापन्न अवस्थामा पुगेका छन् । अति सङ्ककटापन्न प्रजाति आउने १० बर्षभित्र लोप हुने संभावना ५० प्रतिशत हुन्छ ।

नेपालको हिमाली क्षेत्रमा बस्ने तिब्तीयन मूलका लामा समुदाय आफन्तको शव गिद्धलाई खुवाउँछन र गिद्धलाई मृतकको आत्मालाई स्वर्ग पुराउने दूतका रुपमा पुज्ने गर्छन् । यसर्थ गिद्ध खाद्य श्रृंखलाको संयोजक, वातावरणीय सन्तुलन र जैविक विविधताको महत्वपूर्ण सूचक मात्र नभई कतिपय समुदायको धार्मिक र सांस्कृतिक आस्थाको धरोहर पनि हो उहाँले टेलिफोनबाट जानकारी दिए ।२०६३ जेठ २३ नेपाल सरकारले गिद्ध संरक्षणका लागि पशु उपचारमा प्रयोग गरिने डाइक्लोफेनेकको उत्पादन, आयात र विक्रीमा प्रतिबन्ध लगाएको थियो । गिद्ध, तथा अन्य चराचुरुङ्गी वन्यजन्तुमा असर नगर्ने मेलोक्सिक्यामको उत्पादन र बिक्रिवितरण लागि प्रयोगमा ल्याएको छ ।

प्रतिक्रिया