चामुण्डामाविन्द्रासैनीमा नागरिक आरोग्य केन्द्र

चामुण्डामाविन्द्रासैनीमा नागरिक आरोग्य केन्द्र

दैलेख : चामुण्डाविन्द्रासैनी नगरपालिकामा नागरिक आरोग्य सेवा केन्द्रको स्थापना गरिएको छ । स्वास्थ्य सेवालाई थप प्रभावकारी बनाउनका लागि केन्द्र स्थापना गरिएको हो । आइतबार एक कार्यक्रमका बीच प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनार र चामुण्डाविन्द्रासैनी नगरपालिकाका नगर प्रमुख सूर्यबहादुर शाही संयुक्तरुपमा आरोग्य सेवा केन्द्रको उद्घाटन गरेको छन् । नगरमै आरोग्य सेवा केन्द्र स्थापना भएपछि अब स्थानीयले सेवा लिन जिल्ला सदरमुकाम धाउनुपर्ने बाध्यता हटेर गएको छ ।
स्वास्थ्य सेवा कार्यालय दैलेखका प्रमुख डा. निरञ्जन पन्तको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा नगर–प्रमुख शाहीले नगरपालिकामा सेवा संचालनका लागि पहल गर्ने सबैप्रति धन्यवाद ज्ञापन गरे । उनले दुर्गममा रहेका सर्वसाधारण जनताका लागि गाउँमै संचालन भएको आयुर्वेद सेवा केन्द्रले धेरैको जीवनमा सहयोग पुग्ने बताए ।
प्रमुख जिल्ला अधिकारी सन्तबहादुर सुनारले राज्यले संविधानमा भएको अधिकार बमोजिम नागरिक स्वास्थ्य उपचार पहुँचलाई सहज बनाउनका लागि आरोग्य सेवा केन्द्र स्थापना भएको बताए । ‘औषधी आएर मात्रै आरोग्य हुँदैन,’ उनले भने ‘आरोग्य हुनका लागि खानेकुरा ध्यानदिनु पर्छ ।’ बजारमा म्याद समाप्त भएका सामाग्रीहरुको दैनिक प्रयोग गर्दा रोगी हुने गरेको सुनारको भनाई छ । उनले सामाग्री खरिद गर्दा म्याद हरेर मात्र खरिद गर्न अनुरोध गरे ।
आरोग्य सेवा केन्द्रले नगरपालिकाका जेष्ठ नागरिकलाई रसायन र सुत्केरीलाई दुग्धवतन औषधि वितरण गर्नेछ । सेवा केन्द्रबाट निःशुल्क औषधि वितरण, बिरामी चेकजाँच र पूर्वकर्म÷पञ्चकर्म सेवा दिने बताइएको छ । यसैबीच जिल्ला आयुर्वेद शाखा दैलेखको आयोजनामा जम्बुकाँधमा एक दिने निशुल्क आयुर्वेद सम्बन्धी शिविर सम्पन्न भएको छ ।

प्रतिक्रिया