भेरीमा बस खस्यो,१ जनाको शव भेटियो, १ घाइतेको उद्धार

भेरीमा बस खस्यो,१ जनाको शव भेटियो, १ घाइतेको उद्धार

सुर्खेत : जाजरकोतर्फ जाँदै गरेको बस बिहीवार करिब पौने ३ बजे गुर्भाकोट नगरपालिका-९, गरालेमा भेरी नदीमा खसेको छ । बस नम्बर र बसमा यात्रु कति छ्न् भन्ने नखुलेको जिल्ला प्रहरी कार्यालयका एसपी राजेन्द्र भट्टले बताए । उनका अनुसार १ जनाको शव भेटिएको छ । १ जना घाइतेको उद्धार भाएको छ ।उनका अनुसार छिन्छु र मालारानीबाट प्रहरीको टोली घटनास्थलतर्फ गएको छ । बस पानीमा डुबेकोले नम्बर नखुलेको उनले बताए ।

प्रतिक्रिया