लागु औषधसहित युवायुवती पक्राउ

लागु औषधसहित युवायुवती पक्राउ

दैलेख : दैलेखमा लागुऔषध सहित दुई जना युवायुवती पक्राउ परेका छन् । पक्राउ पर्नेमा कोहलपुर नगरपालिका–१० बाँकेको कालिकानगरकी २७ बर्षीया सिर्जना गुरुङ्ग र बैजनाथ गाउँपालिका–१ बाँकेको गाभरका २१ बर्षीया बिशाल रोकाय रहेको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ । उनिहरुलाई लागु औषध ब्राउन सुगर सहित पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए ।
शनिवार साँझ दैलेखको गुराँस गाउँपालिका–२ तल्लो डुङ्गेश्वर प्रहरी चौकी चेक पोष्ट नजिकै सडकमा शंकास्पद् अवस्थामा हिँडिरहेका उनिहरुलाई खानतलासी गर्दा लागु औषध ब्राउन सुगर फेला परेको थियो । उनिहरु दुवैको शरिर खानतलासी गर्दा सिर्जना गुरुङ्गको खुट्टाको मोजाबाट लुकाई राखेको ४० पुडिया बनाई धागोले बेरिराखेको अवस्थामा लागुऔषध खैरो हिरोईन जस्तो धुलो पदार्थ र बिशाल रोकायाको साथबाट नगद ३४ हजार फेला पारेको प्रहरीले जनाएको छ । लागूऔषधसहित पक्राउ परेका आरोपितहरुलाई दैलेख जिल्ला अदालतबाट लागुऔषध ब्राउनसुगर मुद्दामा म्याद थप अनुमती लिई थप अनसुन्धान कार्य थालिएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया