१४ बर्षीय बालिका बलात्कार गर्ने पक्राउ

१४ बर्षीय बालिका बलात्कार गर्ने पक्राउ

दैलेख : दैलेखमा १४ बर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार १४ बर्षीया बालिकालाई जबरजस्ती करणी गर्ने पक्राउ परेका हुन् । पक्राउ पर्नेमा गुराँस गाउँपालिका–४ सेरीका २० बर्षीया राजन विक रहेको प्रहरीले जनाएको छ । सुर्खेत घर भएकी एक १४ बर्षीया बालिकालाई जबरजस्तीकरणी गरेको भन्ने सूचनाका आधारमा विकलाई पक्राउ गरिएको दैलेख प्रहरी प्रमुख डिएसपी अनुपम श्रेष्ठले जानकारी दिए । पक्राउ परेका विकलाई दैलेख जिल्ला अदालतबाट म्याद थप अनुमती लिई जिल्ला प्रहरी कार्यालय दैलेखको हिरासतमा राखेर थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया