बालकको उपचारमा आर्थिक अभाव

बालकको उपचारमा आर्थिक अभाव

दैलेख : जिल्लाको भगवतीमाई गाउँपालिका–२ रुमका ११ बर्षीया बालक शुसिल शाहीको उपचारमा आर्थिक अभाव भएको छ । बोनम्यारो सम्बन्धी समस्याबाट पीडित शुसिलको अहिले सिभिल अस्पतालमा उपचार भइरहेको छ । उनि विगत ६ महिना देखि बोनम्यारो रोगबाट ग्रसित छन् । विगत एक महिना देखि अस्पतालमै रहेका बालकको उपचारमा आर्थिक अभाव भएको हो । हाल सहयोग संकलन गरेर उपचार गरिरहेको बालकका ठूलो बुबा अमृत शाहीले जानकारी दिए ।
शुसिलका बुबा दिनेश शाही जन्मजात नै आँखाको समस्याबाट पीडित छन् । आमा अमृता शाही विगत सात बर्षदेखि पाठेघरको समस्याबाट थलिएकी छिन् । ‘जसोतसो मजदुरी गरेर परिवारको दैनिकी गुजारिरहेको थिए, शुसिलका बुबा दिनेश भन्छन् ‘आम्दानीको स्रोत केही छैन, परिवारमा विहान साँझको छाक टार्नै हम्मेहम्मे पर्छ, छोराको उपचार गर्ने रकम कहाँबाट जुटाउँ ?’ उनले छोराको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् । बालकको उपचारमा आर्थिक अभाव भएपछि परिवारले सहयोगको अपिल गरेको हो ।
बालक शुसिलको उपचारका लागि काठमाडौंको सिभिल अस्पतालमा रहेका उनको ठूलोबुबा अमृत शाहीले हाल सहयोग संकलन गरेर बालकको उपचार गरिरहेको बताउँछन् । ‘अस्पतालले बालकको बोनम्यारो प्रत्यारोपणका लागि झण्डै २५ लाख रुपैयाँ खर्च लाग्ने बताएको छ,’ शाही भन्छन् ‘त्यति रकम जोहो गर्न परिवारसँग कुनै स्रोत छैन् ।’ उनले बालकको उपचारका लागि आर्थिक सहयोगको आव्हन गरेका छन् । बालक शुसिललाई उपचारका लागि आर्थिक सहयोग गर्न चाहनेहरुले प्रभु बैंक शाखा भगवतीमाई गााउँपालिका वेस्तडामा अमृता शाहीको नाममा रहेको खाता नं. १५१०१०२३८७३०००११ वा राष्ट्रिय वाणिज्य बैंक दैलेखमा अमृत विक्रम शाहीको नाममा रहेको खाता नं ४०१०१०००००१११५०१२ मा जम्मा गर्न सकिने जनाइएको छ ।

प्रतिक्रिया