नमुना गाउँका किसानको लहलहाउँदो तरकारी खेती (फोटोफिचर)

नमुना गाउँका किसानको लहलहाउँदो तरकारी खेती (फोटोफिचर)

दैलेख : आठबीस नगरपालिका–३ कुमालखाडा गाउँका किसान तरकारी खेतीबाट जीवन सुध्रिदै गएपछि निकै उत्साहित छन्। यहाँका किसानहरु अहिले मौसमी र बेमौसमी गोलभेँडा, बन्दा, आलु, काउली, मुला, लसुन, प्याज खेती गरिरहेका छन् । यहाँका किसानको बारीमा तरकारी लहलहाइरहेको छ। यो गाउँलाई डिसीए नेपालको सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित साकार परियोजनाले नमुना गाउँ बनाउने अभियान थालेको थियो । किसानहरुले च्याउ खेती समेत सुरु गरेका छन् । कुमालखाडा गाउँका किसानले गरेको तरकारी खेतीको शनिवार अनुगमन समेत गरिएको छ । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका संस्थापक अध्यक्ष हीरासिंह थापा, कार्यकारी निर्देशक सुजन न्यौपाने लगाएतको टोलीले किसानको बारीमै पुगेर स्थलगत अनुगमन गरेको हो ।

तस्विरमा हेर्नुहोस्, कुमालखाडा गाउँका किसान तरकारी खेती :

शब्द/तस्विर : हिक्मतबहादुर नेपाली ।

प्रतिक्रिया