दैलेखमा आम हड्ताललाई सशक्त बनाउने

दैलेखमा आम हड्ताललाई सशक्त बनाउने

दैलेख : नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले केन्द्रको परिपत्र अनुसार दैलेखमा आम हड्ताललाई सशक्त बनाउने जनाएको छ । प्रधानमन्त्री केपी शर्माले प्रतिनिधिसभा विघटनपछि संवैधानिक आयोगका पदाधिकारी नियुक्त गर्ने असंवैधानिक कदमका विरुद्ध गरिएको आमहडताल पार्टीका जिल्ला सचिव प्रेमबहादुर कटुवाले जानकारी गराए ।

दैलेख खण्डमा पर्ने मध्यपहाडी राजमार्ग, कर्णाली राजमार्ग, सुर्खेत–दैलेख मार्ग लगायत सदरमुकाम र पालिकाका स्थानीय मुकाम जोड्ने सबै यातायात, विद्यालयहरु, पसल, कलकारखाना लगायत सबै बन्द गर्न सरोकारवालालाई नेपाल कम्यूनिष्ट पार्टी (नेकपा)को प्रचण्ड नेपाल समूहले केन्द्रस्तरबाट आह्वान गरेको छ ।

नेकपाको प्रचण्ड नेपाल समूहले आमहडताल सफल पार्न राजमार्ग र सबै सडकमा कार्यकर्ताको जिम्मेवारी तोकी दैलेखका ११ वटै स्थानीय तहका नेता र कार्यकर्ताहरुलाई परिचालन गरिएको बताइएको छ । एम्बुलेन्स, निलो प्लेट भएका कुटनीतिक नियोग र प्रेसका सवारी साधनहरु निर्वाध चल्न दिइने बताइएको छ ।

प्रतिक्रिया