कर्णाली नदि किनारमै रहेको गाउँमा छैन सिंचाई सुविधा (भीडियो सहित)

कर्णाली नदि किनारमै रहेको गाउँमा छैन सिंचाई सुविधा (भीडियो सहित)

दैलेख : कर्णाली किनारमा रहेको गाउँ हो, कुजेडा । अछामको पञ्चदेवल विनायक नगरपालिका वडा नम्बर ४ मा पर्ने यो गाउँका नागरिकहरु तरकारी खेती गरिरहेका छन् । यो तरकारी खेतीका लागि प्रचुर सम्भावना भएको गाउँ हो । तरकारी खेतीमा दैलेखको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखले सहयोग गर्दै आएको छ । डिसिए नेपालको आर्थिक सहयोगमा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्धारा सञ्चालित साकार परियोजनाले यहाँका किसानहरुलाई तरकारी खेतीका लागि सघाउँदै आएको छ । परियोजनाले हालै यहाँका १३ जना किसानलाई अस्थायी पलाष्टिक घर सहयोग स्वरुप उपलब्ध गराएको छ । यस्तै ५ जनालाई फलामे पलाष्टिक घर सहयोग उपलब्ध गराएको परियोजनाले जनाएको छ । पलाष्टिक घर सहित परियोजनाले तरकारीका बीउहरु सहयोग उपलब्ध गराउँदै आएको छ । कर्णाली नदिको किनारमा रहेको यो गाउँका किसानहरुलाई भने सिचाईको अभाव छ । सिचाईको सुविधा भए व्यवसायिक तरकारी खेतीमा सहज हुने यहाँका किसानहरु बताउँछन् । यद्धपी, जहाँ इच्छा, त्यहाँ उपाय भने जस्तै यहाँका किसानहरु ड्रममा पानी बोकेरै भएपनि तरकारी खेती गरिरहेका छन् ।
हेर्नुहोस् भीडियो ।

प्रतिक्रिया