स्थानीय तहमा बनेका नीति कार्यान्वयन फितलो

स्थानीय तहमा बनेका नीति कार्यान्वयन फितलो

दैलेख : स्थानीय तहको नीति निर्माणमा नागरिक समाजको स्थान र प्राथमिकताको सवालबारे सरोकारवाला निकायहरुसँग छलफल गरिएको छ । सुन्दर नेपाल संस्थाद्धारा मंगलवार दैलेख सदरमुकाममा आयोजित एक कार्यक्रममा सरोकारवाला निकायहरुसँग छलफल गरिएको हो । नागरिक समाज : पारस्परिक जवाफदेहिता परियोजना अन्तरगर्त अन्तरगर्त आयोजित अन्तरक्रिया कार्यक्रममा स्थानीय तहमा नीति निर्माणको अवस्था, नागरिक समाज सहभागिताबारे छलफल भएको थियो ।
अन्तरक्रिया कार्यक्रमका सहभागिहरुले स्थानीय तहमा बनेका नीति, कानुन कार्यान्वयन फितलो भएको गुनासो गरेका छन् । स्थानीय तहका जनप्रतिनीधिहरुको ध्यान कानुन निर्माणमा भएपनि बनेका नीति र कानुनबारे जानकार नभएको समेत सहभागिहरुले बताएका छन् । अन्तरक्रियामा जिल्लाका स्वास्थ्य संस्थाहरुमा गुणस्तरिय स्वास्थ्य सेवा प्रवाह नभएको, कृषि बिमा र कृषक परिचयपत्रको व्यवस्था नभएको गुनासो गरेका छन् ।
सोहि अबसरमा नारायण नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रेशमबहादुर बुढाले स्थानीय तहमा बनेका नीति कार्यान्वयनमा स्रोत साधानको अभाव रहेको बताए । गैसस महासंघ दैलेखका अध्यक्ष महारुप खत्रीले जनप्रतिनीधिहरुको ध्यान कानुन निर्माणमा भएपनि बनेका कानुनहरुबारे जनप्रतिनीधिहरु नै पूर्ण जानकार नभएको उल्लेख गर । कार्यक्रममा जिल्ला समन्वय समितिका सदस्य बालकृष्ण केसी, विभिन्न गैरसरकारी संघ संस्थाका प्रमुख प्रतिनीधि, नागरिक समाजका प्रतिनीधि तथा पत्रकारहरुको सहभागिता थियो ।

प्रतिक्रिया