पूर्ण सरसफाइयुक्त वडा घोषणा

        ज्वाला सन्देश संवाददाता   |   प्रकाशित मितिः मङ्लबार, माघ २७, २०७७     ::: 1078 पटक पढिएको   |  

दैलेख : जिल्लाको दुल्लु नगरपालिका वडा न. ४ लाई सरसफाई उन्मुख वडा घोषणा गरिएको छ । ‘पुर्ण सरसफाइमा हाम्रो एक्यबद्धता ः सरसफाई युक्त समाज निर्माणमा हाम्रो प्रतिबद्धता’ भन्ने मुल नाराका वडालाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो । सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र हेल्भेटास नेपालको सहयोगमा वडास्तरिय खानेपानी सरसफाई स्वच्छता समिति दुल्लु नगरपालिका वडा न. ४ द्धारा आयोजित एक कार्यक्रमका बीच वडालाई पूर्ण सरसफाई उन्मुख घोषणा गरिएको हो ।
दुल्लु नगरपालिका–४ का वडाअध्यक्ष भरतप्रसाद उपाध्यायको अध्यक्षतामा भएको पूर्ण सरसफाइ उन्मुख वडा घोषणा कार्यक्रममा नगर प्रमुख घनश्याम भण्डारीले वडा नम्बर ४ ले पुर्ण सरसफाईको बाटोमा लम्केकोमा पुर्ण सफलताको कामना गर्दै यो अवस्थासम्म पु¥याउन सहयोग गर्ने सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख, हेल्भेटास नेपाल, र महिला स्वस्थ्य स्वयम् सेविका तथा सम्बन्धित सम्पुर्णलाई धन्यवाद दिए ।

पुर्ण सरसफाइ उन्मुख वडा घोषणा कार्यक्रममा दुल्लु नगरपालिका–१ का वडाअध्यक्ष नयाराम थापा, वडा नम्बर २ का वडाअध्यक्ष लछिराम थापा, वडा नम्बर ३ का वडाअध्यक्ष कलम खनाल, वडा नम्बर ७ का वडाअध्यक्ष लाल बहादुर रावत, स्वास्थ्य चौकी प्रमुख गणेश अधिकारी, वडा सचिव तेज महत, नेकपा वडा सचिब कृष्ण भण्डारी, सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखका महेन्द्र अधिकारी, नेपाली काँग्रेसका जिल्ला सहसचिव रत्नबहादुर शाही, दुल्लु नगर सभापति टंक रिमाल लगायतका अतीथीहरुले शुभकामना मन्तब्य राखेका थिए ।



Leave a comment

Your email address will not be published.


*