गुराँसमा यसरी मनाइयो श्रीपञ्चमी, तस्विरमा हेर्नुहोस्

गुराँसमा यसरी मनाइयो श्रीपञ्चमी, तस्विरमा हेर्नुहोस्

दैलेख : माघ शुक्ल पञ्चमीका दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व । विद्याकी अधिष्ठात्री देवी सरस्वतीको निष्ठापूर्वक पूजा–आराधना गरी मंगलवार नेपालभर मनाइँएको छ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् । विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आ–आफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्र आदिलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।


श्रीपञ्चमी पर्वमा दैलेखका विभिन्न विद्यालयहरुले पनि सरस्वती पूजा गरेका थिए । सोहि क्रममा जिल्लाको गुराँस गाउँपालिकाका विभिन्न विद्यालयहरुमा विभिन्न कार्यक्रम सहित सरस्वती पूजा गरिएको छ । गुराँस गाउँपालिका–४ स्थित लक्ष्मी नेपाल राष्ट्रिय आधारभुत विद्यालयमा पनि सरस्वती पूजा गर्दे शैक्षिक सामग्री समेत प्रदर्शन गरिएको छ ।
सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेख र सेभ द चिल्ड्रेनको साझेदारीमा संचालित सहयात्रा–दोस्रो परियोजनाको सहयोग, गुराँस गाउँपालिकाको समन्वय र लक्ष्मी नेपाल राष्ट्रिय आधारभुत विद्यालयको आयोजनामा सरस्वती पुजाको अबसरमा शैक्षिक सामग्री प्रदर्शनी मेला सम्पन्न गरिएको हो । सोहि अबसरमा विद्यालयमा अध्ययनरत बालबालिकाहरुलाई प्रतिभा पुरस्कार स्वरुप शैक्षिक सामग्री समेत प्रदान गरिएको बताईएको छ । बाल क्लबले बालबिबाह न्यूनीकरण सम्बन्धी नाटक र संस्कृतिक कार्यक्रम पनि प्रस्तुत गरेका थिए ।
तस्विरमा हेर्नुहोस्

प्रतिक्रिया