प्रांगारिक खेती प्रर्वद्धन तथा रैथाने बाली संरक्षण दिबस मनाईयो

प्रांगारिक खेती प्रर्वद्धन तथा रैथाने बाली संरक्षण दिबस मनाईयो

कृष्णप्रसाद अधिकारी
दैलेख :
प्रांगारिक खेती प्रर्वद्धन तथा रैथाने बाली संरक्षण दिबस मनाइएको छ । बिहिवार नारायण नगरपालिका –२ को कृति देवल सहकारी संस्थामा जाहारकोट अगुवा कृषकहरुका बिचमा दिवस मनाइएको हो । खाद्य सुरक्षा उन्मुख अर्गानीक कृषिका आधारहरु तयार गरौँ, विषिष्टकरण कृषि तथा सहकारी विकासबाट समृद्ध दैलेख निर्माण गरौँ भन्ने नाराका साथ कृषि विकास कार्यालय दैलेखको आयोजनामा दिवस मनाइएको हो ।
दिवसको अवसर पारेर जिल्लामा हुने गरेका रैथाने बालीको परिचय, बालीको संरक्षण, विभिन्न बालिको महत्व तथा पौष्टिक तत्वबारेमा प्रस्तुतिकरण गर्दै कृषि विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुख तिलकप्रसाद पाण्डेले रैथाने बाली संरक्षण गर्नुपर्ने बताए । अर्गानीक कृषिमा जोड दिन सकेको खण्डमा उत्पादन राम्रो हुने हुदाँ त्यस तर्फ लाग्न कृषकलाई आग्रह गरे ।
पछिल्लो समयमा खेती गर्ने तथा उत्पादन राम्रो गर्ने बन्दै कृषकहरुले विषादीको प्रयोग गर्ने गरेकोले यस्ता विषादीहरु कम गदै जानुपर्ने र माटोमा हालेको विषादीले २५ बर्ष पछिसम्म पनि असर गर्ने जानकारी गराए ।
दिवसको अबसरमा आयोजित कार्यक्रममा नारायण नगरपालिका–२ का वडाध्यक्ष रेशमबहादुर थापाले कृषकका समस्याहरुलाई नजिकबाट नियाल्दै यो कार्यक्रमलाई वडा नं. २ मा छनोट गरेकोमा कृषि विकास कार्या दैलेखलाई धन्यवाद दिए । ‘किसानहरुमा विषादी सम्बन्धी ज्ञान छैन्, बालिमा रोग लागिहाले पनि रोग पहिचान गर्न नसक्दा विषादीको प्रयोग बढिरहेको छ, वडाध्यक्ष थापाले भने ।
सहकारीका अध्यक्ष दिपककुमार थापाले किसानहरुले किसानी गर्ने सहकारी मार्फत सरसल्लाह दिदैँ बाली बिमा गर्ने सके किसानमा निराशा नआउने बताए । उनका अनुसार यो क्षेत्रले बर्षौ देखि तरकारी उत्पादन गरिरहेको र विषादीको प्रयोग कम गर्नेसके जिल्लामा तरकारीका माग अझै बढ्ने बताएका छन् । कार्यक्रम लगतै त्यहाँका कृषकहरुलाई प्रांगारिक मल, वनस्पतिक विषादी, फेरोमोन ट्रयाप, येल्लो स्ट्रीकी ट्रयाप र अन्य प्रांगारिक खेतीसंग सम्बन्धित सामग्री समेत वितरण गरिएको छ ।

प्रतिक्रिया