दुल्लुमा कृषि विकास बैंकको शाखा

दुल्लुमा कृषि विकास बैंकको शाखा

दैलेख : दैलेखको दुल्लुमा कृषि विकास बैंकको शाखा स्थापना भएको छ । एक कार्यक्रमका बिच बैंकको शाखा उद्घाटन गरिएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल उपाध्याय र दुल्लु नगरपालिकाका नगरप्रमुख घनश्याम भण्डारीले संयुक्त रुपमा शाखाको उद्घाटन गरेका छन् । यो कृषि विकास बैंकको २ सय ८१ औँ शाखा हो । दुल्लु शाखामा एटिएम सेवा समेत सुरु हुने भएको छ । उद्घाटनका अबसरमा असल ग्राहक अन्तरगत दुर्गा थापा र कृष्णप्रसाद आचार्यलाई एटिएम कार्ड वितरण भएको छ । दुल्लु शाखाको संरक्षण र व्यवस्थापनमा दुल्लु नगरपालिकाले जिम्मेवारी लिने भएको छ । शाखा उद्घाटन कृषि विकास बैंक कर्णाली प्रदेशका प्रमुख घनेन्द्र अधिकारीको अध्यक्षतामा सम्पन्न भएको हो

प्रतिक्रिया