दैलेखमा दाहाल–नेपाल समूहले निकाल्यो विजयी जुलुस

दैलेखमा दाहाल–नेपाल समूहले निकाल्यो विजयी जुलुस

दैलेख : प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा पुस ५ गते राष्ट्रपति विद्यादेवी भण्डारीले गरेको संसद् विघटन सर्वोच्च अदालतले बदर गरिदिएपछि त्यसको खुसियालीमा दैलेखमा दाहाल–नेपाल समूहले विजय र्याली निकालेको छ।

उनीहरूले सर्वोच्च अदालतको प्रशंसा गर्दै दैलेखको स्थानीय गणेश चोकबाट विजय र्याली निकालेका हुन्। विजय र्यालीमा (नेकपा) दाहाल–नेपाल समूहका दैलेख पार्टी अध्यक्षतगायत अन्य नेता तथा कार्यक्रर्ताहरुको सहभागिता थियो।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दैलेखको आयोजनामा निकालिएको विजय र्यालीमा सहभागी भएकाहरूले विघटित प्रतिनिधिसभा पुन:स्थापना गर्ने सर्वोच्च अदालतको फैसलाको स्वागत गर्दै विधिको शासन र संविधानको पूर्ण पालना भएको बताए।

प्रतिक्रिया