उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

उपचारमा आर्थिक अभाव, सहयोगको अपिल

दैलेख : घाँस काट्न जाँदा रुखबाट खसेर गम्भिर घाइते भएको नारायण नगरपालिका–१ रातामाटे दलित बस्तीका २१ बर्षीया पुर्ण नेपालीको उपचारमा आर्थिक अभाव भएको छ । गत पुष २९ गते घर नजिकै घाँस काट्न गएका पूर्ण रुखबाट खस्दा गम्भिर घाइते भएका थिए । उनको ठूलो आन्द्रा फुटेको थियो । उनको हाल कर्णाली प्रदेश अस्पताल वीरेन्द्रनगर सुर्खेतमा उपचार भईरहेको छ ।
छोराको उपचारका क्रममा झण्डै तीन लाख रुपैयाँ खर्च भईसकेको पूर्णका बुबा सन्तोष नेपालीले बताए । ‘ऋण र विभिन्न निकाय र व्यक्तिहरुबाट सहयोग जुटाएर हालसम्म छोराको उपचार गरिरहेको छु,’ उनले भने ‘अब त ऋण माग्ने ठाउँमा पनि छैन् ।’ पूर्णको घुडामाथीको भागको मासु काटेर फालिएको र घाउ अझै पुरिएको छैन् । ‘डाक्टरहरुले थप उपचार गर्नुपर्छ भन्नुभएको छ, उपचारमा अझै धेरै रकम लाग्ने रहेछ,’ सन्तोषले भने ‘हामीसँग उपचारका लागि जुटाएको सबै रकम सकियो, अब थप उपचार कसरी गर्ने होला भनेर मन पोल्ने गरेको, घर जग्गा बेचेर छोराको उपचार गरौँ भनेपनि जमिन आफ्नो नाममा छैन् ।’
डाक्टरहरुले बिरामी छोरालाई पोषणयुक्त खानेकुरा खुवाउनुहोला भनेपनि रकम अभावमा पोषणयुक्त खाना खुवाउन पनि नसकेको उनले बताए । ‘मेरो कमाईमा परिवारको दैनिकी चल्दै आएको थियो,’ आफुले मजदुरी गरेर भएपनि छोराको उपचार गर्थे तर अस्पतालमा छोराको हेरचाहा गरिदिने कोही छैन्, सन्तोषले भने । उनले छोराको उपचारमा सहयोग गरिदिन सबैसँग आग्रह गरेका छन् ।
पूर्णको परिवार २०२८ साल देखि नारायण नगरपालिका–१ रातामाटेमा बसोबास गर्दै आएको छ । उनिहरु बसोबास गर्दै आएको जमिनको लालपुर्जा छैन् । सुकुम्बासीको रुपमा बसोबास गर्दै आएका पूर्णको परिवार सदरमुकामस्थित मजदुरी गरेर जिवीका चलाउँदै आएको छ । गत बर्ष एसईई परिक्षा दिएका पूर्ण घरको आर्थिक अवस्था कमजोर हुँदा माथिल्लो कक्षा भर्ना हुन सकेका थिएनन् ।

प्रतिक्रिया