बादी समुदायको मागप्रति नागरिक समाजको ऐक्यबद्धता

बादी समुदायको मागप्रति नागरिक समाजको ऐक्यबद्धता

दैलेख : खाद्य अधिकारको क्षेत्रमा काम फियान नेपालले दैलेखमा सरोकारवालाहरुसंग खाद्य अधिकार र जिल्लाको अवस्था बारे अन्तरक्रिया कार्यक्रम गरेको छ । जिल्लामा खाद्य सुरक्षा सवाल राज्यको दायित्वबारे छलफल भएको थियो । अन्तरक्रियापछि प्रेस विज्ञप्ती निकाल्दै दैलेखको आठबीस नगरपालिका–१ सुकिपिउली, नारायण नगरपालिका–१ रातामाटे अनि गणेशचोक नजिकको नमूनाबस्ती लगायतका स्थानहरुमा दलितहरुले २०–३० वर्ष भन्दा बढी समयदेखि उपभोग गरिरहेका भए पनि जग्गाधनी पूर्जा उपलब्ध गराउनुपर्ने भन्दै स्थानीय सरकारको ध्यानाकर्षण गराएका छन् ।
विज्ञप्तीमा जिल्ला जिल्लामा भूमि सम्वन्धी समस्या समाधान आयोग गठन भएकोले छिटो छरितो प्रक्रियाबाट हकभोग गरिरहेको जग्गाको पूर्जा उपलब्ध गराउन, आवश्यकता अनुसार आवासको व्यवस्था गर्न स्थानीय सरकारसंग आग्रह गरिएको छ । फियान नेपालका क्षेत्रीय संयोजक सुरेश कुमार गौतम, अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) दैलेखका जिल्ला प्रतिनिधि अमर सुनार, स्थानीय खाद्य अधिकार सञ्जाल संयोजक यज्ञराज थापा, कृषक महासंघ कर्णाली प्रदेश अध्यक्ष तेजबहादुर थापा, पारिवारिक निजी वन संघ दैलेखका अध्यक्ष भरतराज अधिकारी, महिला सशक्तिकरण मञ्चका उपाध्यक्ष सविना बिक लगायतले विज्ञप्ती जारी गरेका हुन् ।
खाद्य अधिकार सवालमा प्रकाशित विज्ञप्तीमा नेपाल प्रेस यूनियनका सभापति भूपेन्द्र शाही, रेडियो ध्रुवताराका लोकेन्द्र पौड्याल, रेडियो ज्वालाका पृथ बयलकोटी, एपीवान टीभीका बिशाल सुनार, उद्योग बाणिज्य संघका सदस्य योगेन्द्र सिग्देल, दलित स्वावलम्बी समाजका अध्यक्ष पदम सुनारले पनि एक्यवद्धता जनाएका छन् । कार्यक्रममा नारायण नगरपालिकाका उपमेयर सावित्री मल्लले स्थानीय सरकार नागरिकहरुको खाद्य सम्प्रभुताको अधिकार बारे सचेत रहेको प्रष्ट्याइन् । सचेत रहँदै पनि कमी कमजोरी रहेको भए नागरिक समाजबाट आवश्यक सुझाव ग्रहण गरिने बताइन् ।

No photo description available.

प्रतिक्रिया