दैलेखमा हाफ म्याराथन, खुला हाफ म्याराथनको उपाधी खड्कालाई

दैलेखमा हाफ म्याराथन, खुला हाफ म्याराथनको उपाधी खड्कालाई

दैलेख : जिल्लामा पहिलो पटक खुला हाफ म्याराथन प्रतियोगिता सकिएको छ । सेना दिवस २०७७ को अबसरमा इन्द्रदल गुल्म दैलेखले हाफ म्याराथन तथा पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरेको थियो । मंगलवार बिहान सम्पन्न भएको हाफ म्याराथन प्रतियोगितामा खुला तर्फको उपाधी खड्गबहादुर खड्काले हात पारेका छन् । खुला तर्फको हाफ म्याराथनमा तिलक शाही द्धितिय भएका छन् भने विरेन्द्रप्रसाद भट्टराई तृतिय भएका छन् । हाफ म्याराथनको जिल्लाबासी तर्फको उपाधी यमराज बिसीले हात पारेका छन् भने नेत्रप्रसाद कार्की द्धितिय र बबिन जैसी तृतिय भएका छन् ।
हाफ म्याराथनको महिला तर्फको उपाधी एलिना शर्माले जितेकी छिन् । यस्तै इश्वरी खाती द्धितिय, बिमला रावत तृतिय र नन्दकुमारी शाही सान्तोना भएकी छिन् । यस्तै पाँच किलोमिटर दौड पुरुष तर्फ गणेशबहादुर रावल प्रथम भएका छन् भने गगनबहादुर खड्का द्धितिय र कृष्ण रावल तृतिय भएका छन् । महिला तर्फ बविता क्षेत्री प्रथम, नम्रता थापा द्धितिय, बिपना शाही तृतिय, हिरा थापामगर सान्तोना र संगिता बयक पाँचौ भएकी छिन् ।
महाशिवरात्री सेना दिवस २०७७ को अबसरमा दैलेख जिल्लाको इतिहास पर्यटन तथा खेलकुद क्षेत्रको प्रबद्र्धनमा टेवा पुर्याउन, खेलकुदमा महिला सहभागितालाई बढाउने र सैनिक नागरिक सम्बन्धलाई प्रगाढ बनाउने उदेश्यले हाफ म्याराथन र पाँच किलोमिटर दौड प्रतियोगिता आयोजना गरिएको इन्द्रदल गुल्म दैलेखका सेनानी बिके सिंह विश्वकर्माले जानकारी दिए ।

प्रतिक्रिया