बहु विवाह मुद्दाका प्रतिवादी प्रकाउ

बहु विवाह मुद्दाका प्रतिवादी प्रकाउ

दैलेख : प्रहरीले बहु विवाह मुद्धाका प्रतिवादीलाई पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको दुल्लु नगरपालिका–५ रिजु बस्ने ३२ बर्षीया बिस्नु बिक र २२ बर्षीया अविसरा विक पक्राउ परेका हुन् । विस्नुले घरमा श्रीमती हुदाहुँदै २२ बर्षीया अविसरा बिकलाई विवाह गरी वहु(विवाह गरेको हुँदा कानुन बमोजिम कारवाही गरी पाउ भनि पिडित भद्रकला विकले दिईएको जाहेरी दरखास्तको आधारमा प्रतिवादीहरु बिस्नु र अविसरालाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो । पक्राउ परेका दुवै जनालाई जिल्ला अदालत दैलेख म्याद थप अनुमति लिई थप अनुसन्धान थालेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया