दुल्लु नगरपालिकामा भु–उपयोग योजना बनाईदैँ

दुल्लु नगरपालिकामा भु–उपयोग योजना बनाईदैँ

निरक शाही
दुल्लु :
दुल्लु नगरपालिकामा जोखिम संवेदनशील भु–उपयोग योजना तयारी सम्बन्धी सरोकारवालासंग छलफल तथा अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दुल्लु नगरपालिकाको आयोजना र युएसएआइडी तयार नेपालको–विपद् जोखिम व्यवस्थापन परियोजनाको आर्थिक तथा प्राविधिक सहयोगमा जोखिम संवेदनशील भु–उपयोग योजना सम्बन्धी सरोकारवाला बिच छलफल भएको हो । दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीको अध्यक्षतामा कार्यक्रम संचालन भएको हो ।
युएसएआइडी तयार नेपालका गतिविधी, भु–उपयोग योजना तयार गर्नका लागि युएसएआइडी तयार नेपालले गरेको प्रयास र कार्यक्रमकोबारे तयार नेपालका विपद् जोखिम न्युनीकरण व्यवस्थापन विज्ञ चन्द्रा हाडाले जानकारी गराएकी थिइन् । कार्यक्रमा बहु–प्रकोप जोखिम आंकलन तथा मुल्याङ्कन गरी त्यसको नतिजाको आधारमा हाल विद्यमान शहरीकरणको विश्लेषण गरी दुल्लु नगरपालिकाको भु–उपयोग योजना तयार गरिने तयार नेपालका टिम लिडर डा. सञ्जय उप्रेतीले बताए ।
बाढी, पहिरो, आगलागी, तथा भुकम्पिय प्रकोपको विश्लेषण, आर्थिक तथा मानविय क्षेत्रमा पार्ने प्रभावको आधारमा भु–उपयोग योजना तयार गरिने उनको भनाई छ । तयार नेपालले नगरपालिकाको जोखिम संवेदनशील प्रोफाइल, २० वर्षे भु–उपयोग योजना, भु–उपयोग निती, भु–उपयोग योजना तथा भवन मापदण्ड, भु–उपयोग लागु गर्नको लागि विद्यमान कानुन तथा निती अन्र्तगत रहेर संस्थागत संरचनाको खाका निर्माण गरिने डा. उप्रेतीले जानकारी दिए ।
कार्यक्रममा दुल्लु नगरपालिकाका नगर प्रमुख घनश्याम भण्डारीले नगरपालिकामा नयाँ वस्ती र नमुना वस्ती निर्माणको लागि भु–उपयोग निती आवश्यक भएकोले निती तयार गर्न लागेको बताए । प्रमुख भण्डारीले दातृ निकायले आयोजना निर्माण गर्दा नगरपालिकाको आन्तरिक आय बृद्धि हुने खालका योजना छनौट गर्न आग्रह समेत गरे ।
कार्यक्रममा दुल्लु नगरपालिकाका नगर उपप्रमुख विष्णु थापा, प्रमुख प्रशासकिय अधिकृत ज्ञानमणी नेपाल, नेकपा एमाले रुद्र शाही, नेपाली काँग्रेसका नगर सभापती टंक रिमाल, नेमकिपाका नगर अध्यक्ष मदन भण्डारी, राप्रपाका नगर अयक्ष लोकेन्द्र गिरी लगाएतले कार्यक्रमको सफलताको शुभकामना दिएका थिए। कार्यक्रममा दुल्लु नगरपालिकाका जनप्रतिनिधी लगाए सरोकारवालाहरुको सहभागिता रहेको थियो ।

प्रतिक्रिया