एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

एमालेले फिर्ता लियो कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन

सबै मन्त्रीलाई फिर्ता बोलाउने निर्णय

सुर्खेत : नेकपा (एमाले)ले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । बुधबार बसेको एमाले प्रदेशसभा संसदीय दलको बैठकले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको हो । ‘बुधबार बसेको एमाले प्रदेशसभा संसदीय दलको बैठकले कर्णाली प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गर्दै एमालेको तर्फबाट बनेका मन्त्रीलाईसमेत फिर्ता बोलाएको छ’, एमाले संसदीय दलका प्रमुख सचेतक गुलाबजंग शाहले भने । 

कर्णाली प्रदेश सरकारमा एमालेको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री प्रकाश ज्वाला, सामाजिक विकासमन्त्री दल रावल र उद्योग वन तथा वातावरणमन्त्री नन्दसिंह बुढा मन्त्री बनेका छन् । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही माओवादी केन्द्रको तर्फबाट मन्त्री बनेका हुन् । सर्वोच्च अदालतले नेकपा विवादमा ऋषि कट्टेलको पक्षमा फैसला गर्दै पूर्वएमाले र माओवादी केन्द्रलाई ब्यूँताएपछि कर्णाली प्रदेश सरकार संकटमा परेको हो ।  प्रदेशसभा संसदीय दलको बैठकमा एमाले माधव नेपाल समूहका सांसद भने सहभागी थिएनन् । 

प्रतिक्रिया