बृहत खेलकुद प्रतियोगिताको तयारी पुरा

बृहत खेलकुद प्रतियोगिताको तयारी पुरा

दैलेख : बसन्त उत्सवको रुपमा ऋतुहरुको राजा मानिने बसन्त ऋतुको आगमन संगै ‘खेल खेलाडीका लागि खेलाडी राष्ट्रका लागि’ भन्ने मुल नारा सहित दैलेखमा आयोजित बृहत खेलकुद प्रतियोगिताको तयारी पुरा भएको छ ।
कौशल मल्टिपल एकेडेकीको आयोजनामा भोली शुक्रवार (चैत्र ६ गते देखि ९ गतेसम्म) सञ्चालन हुन् खेलकुद प्रतियोगिताको तयारी पुरा भएको हो । प्रतियोगितामा फुटसल खेलका लागि नारायण क्याम्पसको मैदान, भलिबलको लागि स्थानिय टुडिखेल र ब्याटमिन्टन खेलको लागि पुरानो बजार स्थित मध्यपहाडी आयोजना कार्यालय परिसरमा रहेको ब्याटमिन्टन कोणमा खेलहरु संचालन हुने संयोजक गब्बर थापाले बताएको छन् ।
प्रतियोगितामा भलिबल तर्फको प्रथम हुनेले ५० हजार, दोस्रो हुनेले ३० हजार र उत्कृष्ठ खेलाडीलाई ५ हजार रुपैया पुरस्कार पाउने छन् । त्यस्तै फुटसल तर्फ प्रथम हुनेले ३० हजार र दोस्रो हुनेले १५ हजार प्राप्त गर्ने छन् भने उत्कृष्ठ खेलाडीले ५ हजार प्रप्त गर्नेछन् ।
त्यसैगरी ब्याटमिन्टन तर्फ प्रथम हुनेले १५ हजार, दोस्रो हुनेले ८ हजार र उत्कृष्ठ खेलाडीले एक हजार पाँच सय रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन । भलिब, फुटसल र ब्याटमिन्टन खेलमा प्रथम द्धितिय र उत्कृष्ठ खेलाडीहरुलाई कप, मेडल र प्रशंसापत्र समेत प्रदान गरिने आयोजकले जनाएको छ । ‘प्रतिश्पर्धात्मक खेल भए पनि खेलाडीहरुलाई प्रवद्र्धनसंगै कोभिड–१९ को महामारीले सिथिल बनेको अर्थतन्त्रलाई चलाएमान बनाउनमा यस्तो खाले आयोजनाहरुले निकै महत्व राख्ने सह–संयोजक नारायण मल्लले बताए ।

प्रतिक्रिया