जबरजस्ती करणी मुद्दाका फरार अभिव्यक्त पक्राउ

जबरजस्ती करणी मुद्दाका फरार अभिव्यक्त पक्राउ

दैलेख : जबरजस्तीकरणी उद्योग मुद्दाका फरार व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार जिल्लाको भगवतीमाई गाउँपालिका–१ गन्मका ३० बर्षीया नेत्रप्रसाद अधिकारी पक्राउ परेका हुन् । करणी सम्बन्धी कसुर अन्तरगत जबरजस्ती करणी उद्योग मुद्दामा फरार रहेका अधिकारीलाई जिल्ला प्रहरी कार्यालय दैलेखबाट खटिएको टोलीले पक्राउ गरेको हो । दैलेख जिल्ला अदालतबाट १० दिनको म्याद थप अनुमती लिई पक्राउ परेका अधिकारीमाथी थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया