भलिबलको उपाधी एपीएफलाई

भलिबलको उपाधी एपीएफलाई

दैलेख : दैलेखमा आयोजित बृहत खेलकुद प्रतियोगितामा भलिबलको उपाधी सशस्त्र प्रहरीले हात पारेको छ । ‘खेल खेलाडीका लागि ः खेलाडी राष्ट्रका लागि’ भन्ने नारा सहित सञ्चालन गरिएको बृहत खेलकुद प्रतियोगितामा भलिबल तर्फको उपाधी सशस्त्र प्रहरीले हात पारेको हो । भलिबल तर्फको प्रतियोगितामा भगवतीमाई गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ भने नारायण नगरपालिका–७ बिजौरा गाँउको टोली तेस्रो भएको छ । कौशल मल्टिपल एकेडेमीद्धारा आयोजित प्रतियोगितामा भलिबल तर्फको पुरस्कारमा क्रमश ५०, ३० र १५ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ ।


त्यस्तै फुटसल तर्फ नारायण नगरपालिका–८ तर्ताङको टोली प्रथम भएको छन् भने त्रिभुवन माध्यामिक विद्यालय दोस्रो भएको छ । जसमा क्रमश ३० र १५ हजार नगद सहित कप, मेडल र प्रमाण पत्र प्राप्त गरेका छन् । ब्याटमिन्टन तर्फ सिनियर डबलमा नेत्र बुढा र शुशिल महताराको टोली प्रथम भएका छन् भने दोस्रोमा कृष्ण सुनार र ललित चन्द भएको छन् । जुनियर तर्फ अभिनन्दन थापा र हर्क बहादुर शाही प्रथम र गणेश कोईराला र आरएन केसीको टोली दोस्रो स्थान हासिल गरेको छन् । ४ दिनसम्म संचालन भएको खेलमा फुटसलमा वेस्ट किपरको उपाधी खगेन्द्र खत्री बने भने बेस्ट प्लेयर अफ द गेमको उपाधी आस्मिक थापाले हात पारेको छन् । खेल उत्सवमा फुटसलका १३, भलिबलको ११ र ब्याटमिन्टनको सिनियर र जुनियर गरि ३० वटा समुह प्रतिश्पर्धामा सहमागी रहेका थिए ।

प्रतिक्रिया