विद्यार्थीद्वारा शिक्षकलाई धम्की

विद्यार्थीद्वारा शिक्षकलाई धम्की

दैलेख – कालिका मावि तिलेपाटाका ४७ बर्षीया सहायक प्रधानाध्यापक भक्तिप्रसाद उपाध्यायलाई अभ्यास शिक्षणमा अनुपस्थित रहेका सोही विद्यालयका कक्षा १२ का छात्र १७ वर्षीय निराजन थापाले हिजो बुधवार बिना अभ्यास नम्वर नदिए ज्यान मार्ने धम्की दिएका छन् ।
आफू अनुपस्थित रहे पनि नम्बर नदिए ज्यान मार्ने धम्की दिएको भन्दै सहायक प्रधानाध्यापक उपाध्यायले प्रहरी चौकी तिलेपाटामा ज्यान सुरक्षाको लागि निवेदन दिएका थिए । तर छलफल हुन नसकेको विद्यालयका प्रधानाध्यापक करुणाकर शर्माले जानकारी दिए ।
आठबीस नगरपालिका–८ तिलेपाटास्थित सो विद्यालयको कक्षा १२ को शिक्षा संकायमा अध्ययनरत कक्षा १२ का नियमित तर्फका ७३ जना विद्यार्र्थीहरुलाई कालिका मावि तिलेपाटाकै तल्ला कक्षामा अभ्यास शिक्षणको कला, शैली र विधिको क्षमता अनुसार नम्वर दिइने विषयमा ती विद्यार्थीले धम्की दिएको पीडित पक्षको भनाई छ ।
अनुपस्थित विद्यार्थीले अंक राखिदिनुपर्ने गलत माग राखेर शिक्षक धम्क्याउनु राम्रो कम नभएको आठबीस नगरपालिकाका उपमेयर दीपा बोहोराको टिप्पणी छ । यसबारे बास्तविकता बुझेर समस्या सुल्झाउन आफ्नो प्रयास रहने उपमेयर बोहोराको भनाई छ ।

प्रतिक्रिया