बहुविवाहका फरार प्रतिवादी पक्राउ

बहुविवाहका फरार प्रतिवादी पक्राउ

दैलेख : जिल्ला प्रहरी कार्यालय दैलेखले बहुविवाहका फरार प्रतिवादीलाई पक्राउ गरेको छ । प्रहरीका अनुसार जिल्लाको गुुराँस गाउँपालिका–८ गर्चाका ४१ बर्षीया बालकृष्ण खड्का र ४० बर्षीया यमुना वली पक्राउ परेका हुन् । बालकृष्णले घरमा जेठी श्रीमती हुँदा हुँदै यमुनालाई गत कात्तिक २४ गते दोस्रो विवाह (बहुविवाह) गरेका थिए । बहुविवाह गरी फरार रहेका बालकृष्ण र यमुनालाई पक्राउ गरी दैलेख जिल्ला अदालतमा उपस्थित गराई थप कानुनी पक्राउ अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय दैलेखले जनाएको छ ।

प्रतिक्रिया