४३ जना कृषकलाई बेमौषमी तरकारी खेती तालिम

४३ जना कृषकलाई बेमौषमी तरकारी खेती तालिम

दैलेख : जिल्लाको भैरबी गाउँपालिकाका कृषकहरुलाई बेमौषमी तरकारी खेती तथा नगदेबाली सम्बन्धि तालिम प्रदान गरिएको छ । यहाँका विभिन्न वडाका ४३ जना कृषकहरुलाई तालिम दिईएको हो । एईआएन लक्जेम्बर्गको सहयोग, भैरबी गाउँपालिकाको समन्वय तथा सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखको आयोजनामा कृषकहरुलाई तालिम प्रदान गरिएको हो ।

भैरबी गाउँपालिका वडा नम्बर २ र ३ लाई समेटेर २१ जना कृषक र वडा नम्बर ६ र ७ लाई समेटेर २२ जना कृषकहरुलाई तालिम दिईएको हो । कृषकहरुलाई दुई दिने तालिम दिईएको सामाजिक सेवा केन्द्र (सोसेक) नेपाल दैलेखद्वारा संचालित महिला युवा तथा बाल अधिकार प्रर्वद्धन (आधार) परियोजनाका कृषि प्राविधिक सम्झना थापाले जानकारी दिइन् । युवा क्लब र आमा समुहमा आबद्ध रहेका कृषकहरु तालिममा सहभागि थिए । व्यवसायिक कृषक बढाउन, कम्पोष्ट मल र जैविक विषादी बनाउने सिप सिकाउन र नर्सरी ब्याड बनाउन सिकाउने उदेश्यले तालिम दिईएको कृषि प्राविधिक थापाले जानकारी दिइन् ।

प्रतिक्रिया