कर्णालीका आठ नगरपालिकाका जनप्रतिनिधिहरुलाई अभिमुखिकरण

कर्णालीका आठ नगरपालिकाका जनप्रतिनिधिहरुलाई अभिमुखिकरण

दैलेख : जीआईजेडको सुशासनका लागि क्षमता अभिवृद्धि परियोजनाको सहयोगमा नेपाल नगरपालिका संघको आयोजनामा कर्णाली प्रदेशका आठ नगरपालिका जनप्रतिनिधिहरुका लागि ३ दिने कानूनी जिम्मेवारी र समावेशीकरण अभ्यास अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ । दैलेखमा भएको कार्यक्रममा सुर्खेतको गुर्भाकोट, भेरीगंगा, पञ्चपुरी, कालिकोटको तिलागुफा, जुम्लाको चन्दननाथ, दैलेखको नारायण, चाुमण्डाबिन्द्रासैनी र दुल्लू नगरपालिका १८ जना जनप्रतिनिधिहरुको सहभागिता थियो ।
गंगाराम दाहाल मुख्य सहजकर्ता रहेको अभिमुखीकरण कार्यक्रममा नेपाल नगरपालिका संघका कानूनी अधिकृत सरिता सापकोटा, सघका कर्णाली प्रदेश संयोजक रमेश सुनाम, जीआईजेडको सुशासनका लागि क्षमता अभिवृद्धि परियोजनाका कर्णाली प्रदेश संयोजक पशुपतिनाथ झा, सहायक संयोजक रिता बीसीले पनि सहजीकरण गरेका थिए ।
जनप्रतिनिधिको रुपमा काम गर्ने क्रममा जानेबुझेको ज्ञान साटासाट गर्ने र सिक्ने सिकाउने अवसर मिलेको सुर्खेतको भेरीगंगा नगरपालिका कार्यपालिका सदस्य प्रतीक्षा बिकले बताए । अभिमुखीकरण समापन कार्यक्रममा नेपाल नगरपालिका संघका कर्णाली प्रदेश अध्यक्ष एवं नारायण नगरपालिकाका मेयर रत्नबहादुर खड्काले अभिमुखीकरणमा सिकेको ज्ञान–सीप कार्यक्षेत्रमा प्रयोग गर्न आग्रह गरे ।

प्रतिक्रिया