पत्रकार शर्मालाई डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार

पत्रकार शर्मालाई डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार

दैलेख : स्वर्गीय पत्रकार डेकेन्द्रराज थापाको नाममा स्थापित डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कारबाट दैलेखका पत्रकार यामप्रसाद शर्मा पुरस्कृत भएका छन् । दैलेखको धमाका राष्ट्रिय दैनिक पत्रिकाले स्थापना गरेको सो पुरस्कार शर्मालाई प्रदान गरिएको हो । धमाकाले आफ्नो १५ औं वार्षिक उत्सवको अवसर पारेर शर्मालाई नगद ५ हजार र प्रमाण पत्रसहित पुरस्कृत गरेको हो । द्वन्द्वकालमा तत्कालीन माओवादीद्वारा मारिएका थापाको सम्झनामा पत्रिकाले तीन वर्षदेखि डेकेन्द्र स्मृति पत्रकारिता पुरस्कार दिँदै आएको छ । यसअघि दैलेखकै पत्रकार यज्ञराज थापा र नमनकुमार शाही पुरस्कृत भएका थिए ।

प्रतिक्रिया